सक्रियता, सजगता र सक्षमता हाे सफल जीवन

ByBibas chetan

१७ भाद्र २०७६, मंगलवार ०९:३८ १७ भाद्र २०७६, मंगलवार ०९:३८ १७ भाद्र २०७६, मंगलवार ०९:३८


महान राजनितिज्ञ अब्राहम लिङ्कन्, ब्यापारमा असफल भए, बिहे गरे त्यस्मा पनि असफल भए, फेरि राजनीति गरे त्यसमा पनि असफल भए यति हुँदा सामान्य मान्छेले आत्मा हत्या गर्थ्यो तर उनले त त्यो असफलताको शक्तिलाई सफलतामा बदले, अनि एकदिन अमेरिका जस्तो महान देशको राष्ट्रपति भए ।
ल हेर्नुस त सफलता को हकदार को हो ?
सकारात्मक सोच नै सफलता को पहिलो बिन्दु हो । सफलता प्राप्त गर्ने सोच नै भएन भने जतिसुकै सफल व्यक्तिको पछि लागे पनि सफल हुन सकिँदैन ।

अर्को कुरा नकरात्मक सोच भएकाहरू सफलताको हकदार हुनै सक्दैनन । संघर्ष गर्द-गर्दै असफल हुनेहरू नै वास्तबिक रुपमा सफलताको हकदार थिए । जो असफलताको बाबजुत पनि अघि बढछन् तिनीहरू एकदिन सफल हुने निस्चित छ । त्यही हो संघर्ष भनेको जस्ले समय सँग जुध्न सिकाउछ । एउटा बालक लाई भविश्यमा सक्षम युबा बनाइदिन्छ । अनि ति नै युवाले एक दिन देशको नक्सा कोर्छ ।

सक्रियता, सजगता र सक्षमता यि कुरा हरू नै सफलता प्राप्त गर्ने मूल मन्त्र हो । आफू जुन क्षेत्रमा जाने हो त्यो क्षेत्र को मान्छेहरूसँग सकृय रुपमा राम्रो सन्जाल बनाउन सकियो भने नै सफलता को एक खुट्किलो उक्लिन सकिन्छ । सफल हुन चाहनेहरू जिन्दगीको हरेक मोडमा सजग हुनु जरुरी छ । आफूलाई सभ्य तरिकाले दुनियामाझ प्रस्तुत गर्न सक्ने क्षमताको बिकास गर्नुपर्दछ । अरुको मन जित्न के भन्ने भन्दा पनि के चाही नभन्ने भन्ने कुरामा ख्याल राख्नु पर्दछ ।

सफलताको निकै नजिक भएका मान्छेहरू पनि संघर्षदेखि डराएर भाग्छन । उनिहरूलाई थाहा थिएन सफलता कती नजिक थियो भनेर । कुनै पनि संघर्षको निरन्तरता अनि त्यही निरन्तरताको अर्को नाम हो सफलता । यो दुनिया र मान्छेको मन पनि अचम्मको छ एउटा शब्दले हसाउछ, एउटा शब्दले रुवाउछ । त्यही शब्दको खेती गर्न जान्नेहरूले नै यो संसार चलाइरहेका छन ।

दिन प्रतिदिन सकारात्मक आत्मा सुझाब दिदै जाने, म जे पनि गर्न सक्छु भन्ने भबना को बिकास गर्ने, दर्हो आत्म बल को बिकास गर्ने, आफु प्रती आफैले हेर्ने दृष्टिकोण परिवर्तन गर्ने, जुन क्षेत्रमा जाने हो त्यही क्षेत्र को ब्यक्ती हरू सँग सँगत गर्ने, आफ्नो कुरा भन्दा पनि अरु को कुरा सुन्ने बानी को बिकास गर्ने, बोल्नु भन्दा अघी सोचेर बोल्ने, सहयोगी अनि एक आपस मा सम्मन को भबना राख्ने, याद रख्नुस जस्लाई पनि आफु लाई सम्मान गर्ने मान्छे मन पर्छ ।

अहिलेको जमाना मा अङ्ग्रेजी भाषा निकै लोकप्रिय छ त्यसैले भाषा लाई राम्रो बनाउने । नम्र बोली अनि सभ्य ब्यबहार को बिकास गर्ने । अनि आत्मै देखी भागवन लाई धन्यबाद दिने । याद राख्नुस समर्पण बिना सृस्टी सम्भव छैन ।

यदी जिबनमा असफल हुनुहुन्छ भने पनि हरेस नखानुस एकदिन सबै को पालो आउछ । सम्झिनुस कि महान सफलता तपाइ लाई नै कुरी रहेको छ । मात्र तपाईं बदलिनु पर्‍यो । आफु लाई परिवर्तन गर्नु भयो भने आज असम्भव लागेको कुरा पनि सम्भव हुँदै जानेछ ।

कसैले भन्यो त्यो पहाड भित्र हिरा छ त्यस्पछि एकजना किसानले निकै मेहेनत गरेर पहाड खने महिनौ बितिसक्दा पनि हातमा लाग्यो सुन्य त्यस पछि उनले अबदेखि त्यो पहाड नखन्ने निर्णय गरे । उनले छोडेको केहि दिन पछि एकजना अर्का ब्यक्तिले फेरि त्यो पहाड खन्न सुरु गरे जहाँ बाट ति किसानले छोडेका थिए त्यही बाट खन्न थालेको ५ मिनेट पछि नै ति ब्यक्तिले हिरा मोती फेला पारे ल हेर्नुस त सफलता भन्ने कुरा कती नजिक थियो । त्यसैले हरेस नखाइ निरन्तर कर्मसिल भइ लागी परे अबश्य सफल भइन्छ । मनदेखि काम गरौ अनि गरे पछि हतारमा निर्णय लिइ नछोडौ । महान सफलता तपाइ लाई कुरिरहेको छ मात्र आजै बाट पाइला चाली हाल्नुस । अझै केही बितेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!