यदि जिन्दगीलाई बुझ्नु छ भने, पछाडि फर्केर हेर । यदि जिन्दगी जिउनु छ भने अगाडि हेर । -अज्ञात
त्यही काम चयन गर, जो तिमीलाई रुचि लाग्छ । पूरै जिन्दगीभर एकदिन पनि काम गरेको अनुभूत हुनेछैन । -कन्फ्युसियस
क्रोधले भ्रम पैदा हुन्छ, भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ । -श्रीमद्भागवत गीता
स्वस्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, वफदारी सबैभन्दा ठूलो सम्बन्ध हो । -गौतमबुद्ध
६ प्रकारका व्यक्ति सधै दुःखी हुन्छन्, इर्ष्या गर्ने, घृणा गर्ने, असन्तोषी, क्रोधी, शंकालु र अर्कामा निर्भर गर्ने । -विदुर नीति