मनछुने प्रेरणादायी भनाइहरू

ByBibas Kulung

१४ जेष्ठ २०७८, शुक्रबार १६:१२ १४ जेष्ठ २०७८, शुक्रबार १६:१२ १४ जेष्ठ २०७८, शुक्रबार १६:१२ #नेपाली भनाई, #प्रेरक भनाइ, #प्रेरणा, #मनछुने भनाई, #महान भनाइ, #राम्रा भनाइ

-जुन दिन तपाईं आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाईं बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाईं शिखरतिरको यात्रा थाल्नुहुन्छ । – ओ.जे. सिम्पसन
-अब यो सोच्ने समय होइन कि तपाईंसँग के छैन । यो तपाईंहरूसँग जे जति छ यसबाट तपाईं के गर्न सक्नुहुन्छ । – अर्नेष्ट हेमिंग्वे
-कोशिस नगरेसम्म मैले गर्न सक्छु भन्ने कसैलाई पनि थाहा हुँदैन ।– पब्लिलिएस साइरस
-जित्ने मान्छे त्यही हो जसलाई मैले जित्न सक्छु भन्ने विश्वास छ । – राल्फ वाल्डो इमर्सन
-हामी मध्य हरेकको दिमागमा करोडौं डलरको विचार भरिएको छ । समस्या यो हो कि प्रायः मानिसहरूलाई यो विचारलाई करोडौं डलरमा कसरी बदल्ने भन्ने थाहा छैन । – रोबर्ट कियोसाकी
-जुन कुरा मुटुदेखि निस्कन्छ त्यही कुरा नै मुटुसम्म नै पुग्दछ । –स्यामुएल टेलर कलरीज
-दुनियाँको समस्या यो हो कि मुर्खहरुमा गजवको आत्मविश्वास हुन्छ र बुद्धिमान व्यक्ती शंकाले भरिएको हुन्छ । – बर्ट्रेन्ड रसेल
-जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ । – नेल्सन मण्डेला
-हामीभित्र के छ भन्ने कुरासित तुलना गर्ने हो भने हाम्रा अगाडि र पछाडी भएका सारा कुरा तुच्छ हुन्छन् । – राल्फ वाल्डो इमर्सन
-लगातार पर्ने पानीले कठोर ढुंगालाई समेत खियाउछ । – विलयम शेक्सपियर
-मेरो सफलताको एउटै कारण भन्नुपर्दा कुनै पनि बाहाना नबनाउनु हो । – फ्लोरेन्स नाइटिंगेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!