नयाँ घरमा खुशी भर्ने पढ्नैपर्ने उपायहरू

ByBibas Kulung

१६ माघ २०७७, शुक्रबार ०८:१७ १६ माघ २०७७, शुक्रबार ०८:१७ १६ माघ २०७७, शुक्रबार ०८:१७ #अमर भनाई, #आत्मनिर्भरता, #नेपाली भनाई, #प्रेरक भनाई, #भनाइहरू, #मनछुने भनाई, #सफलता

१. बालबालिकालाई पट्याउनुस्
घरमा कसैको मन चोर्नु छ भने सुरुमा बालबालिकाको मनमा ठाउँ बनाउनुहोस् । उनीहरुसँग मित्रता गाँस्नुस् । उनीहरुलाई मनपर्ने विविध चक्लेट र सामग्री दिएर खुसी बनाउनुस् । उनीहरुलाई धेरै माया गर्नुस् । बालबालिका खुसी भए भने बाँकी सदस्य पनि खुसी हुन्छन् ।
२. पाकाहरुका लागि बालबालिका बन्नुस्
घरका पाका मानिसहरुसँग केहीबेर सँगै उठबस गर्नुस्, उनीहरुसँग कुराकानी गर्नुस् । उनीहरुका अगाडि सबैथोक जान्ने छु भनेर नदेखाउनुस्, कहिलेकाहीँ बालबालिकाजस्तो बन्नुस् र आफ्ना बालसुलभ गल्तीका बारेमा उनीहरुलाई सुनाउनुस् । आफ्ना बालापनका कुरा सुनाउँदा घरका पाका मानिसहरु पनि बालापनमा फर्कन्छन् । यस्तो अवस्था उनीहरुलाई मन पर्छ ।
३. आफ्नो उमेर मिल्नेलाई साथी बनाउनुस्
घरमा नन्द, देवर वा जेठी सासू हुनसक्छन् र उनीहरुको उमेर तपाईंसँग लगभग मिल्ने वा केही वर्ष साना वा ठूला पनि हुनसक्छन्, तिनलाई साथी बनाउनुस् र साथीजस्तै व्यवहार गर्नुस् । आफूजस्तो छु, त्यस्तै देखिनुस्, बढी बन्ने वा देखाउने नगर्नुस् किनभने अति सर्वत्रवर्जयेत ।
४. मुस्कानलाई ज्युँदै राख्नुस्
नयाँ दुलहीका रुपमा नयाँ घर पुग्दा उसको सबैभन्दा ठूलो हतियार मुस्कान हुन्छ । उसको मोहक मुस्कानले जो सुकैको उदास अनुहारलाई पनि मुस्कुराउन बाध्य पार्छ । नयाँ दुलहीको मुस्कानले नै परिवारका हरेक सदस्यको अनुहार झलमल्ल हुन्छ ।
५. नातागोतालाई घरैका सदस्यजस्तो ठान्नुस्
म लोग्नेलाई माया गरिहाल्छु अरुको के काम भन्ने मानसिकता नयाँ घरमा चल्दैन । बिहे–बटुलोमा टाढाटाढाका नातेदारहरु भेला भएका हुन्छन् । उनीहरुलाई नवदुलहीले नजिकका पारिवारिक सदस्यहरुलाई जस्तै व्यवहार गर्नुहोस् । नयाँ दुलहीले आफूलाई अपरिचित जस्तो व्यवहार नगरेको पाउँदा उनीहरु ज्यादै खुसी हुन्छन् र टाढाटाढासम्म नवदुलहीको कीर्ति फैलाउँछन् ।
६. नयाँघरको खुसीको जिम्मेवारी तपाईंको
तपाईंको बिहे एउटा पुरुषसँग मात्र भएको हुँदैन, पूरै उसको परिवारसँग भएको हुन्छ । त्यसैले पतिलाई मात्र ध्यान दिने होइन, पूरै परिवारको जिम्मेवारी तपाईंको हो । जिम्मेवारी लिनुस् ।
७. तपाईंको खुसी तपाईंकै हातमा
बिहे गर्ने, परिवारलाई चहकिलो पार्ने तपाईंको सपना पूरा भएको छ । यो खुसी र सपना जीवनभर देख्न, जिउने जिम्मेवारी तपाईंकै हो । तपाईंकै हातमा यो खुसीलाई जीवनभर राखिरहने कि नरहने भन्ने भर पर्छ । तपाईंलाई जस्तै तपाईंका सासू–ससूरा र अन्यलाई दुविधा भइरहेको हुन्छ– नयाँ दुलहीले हामीलाई कस्तो मान्छे, कसरी लिएकी छे, ऊ खुसी छ कि छैन ? यो दुविधा मेट्न तपाईंले आफ्नो खुसी प्रकट गर्नैपर्छ र यसलाई कमी हुन नदिन प्रयत्नशील रहनुपर्छ।
८. हरेक पललाई रमाइलो बनाउनुस्
भविष्यको चिन्ता छाडिदिनुस् र यी सुनौला पलहरुको मज्जा लिनुस् । परिवार सम्हाल्ने, जिम्मेवारी पूरा गर्ने, सबैका आशामा खरो उत्रनेजस्ता कुरा त जीवनभर छँदैछन् । अहिलेलाई तपाईंले जुन फुर्सदको पल पाउनुभएको छ, त्यसलाई इन्जोय गर्नुस् र अरुलाई पनि खुसी बनाउनुस् ।
९. हरेक कुरा जान्ने र गर्न सक्ने नदेखिनुस्
नयाँ बुहारीका रुपमा तपाईंले बुझ्नैपर्ने कुरा के छ भने, तपाईंले त्यति मात्रै जिम्मेवारी लिनुस्, जति पूरा गर्न सक्नुहुन्छ । सारा जिम्मेवारी लिएर चिढिनुभन्दा परिवारका सदस्यहरुलाई काम बाँड्ने कुरामा ध्यान दिनुस् । सुपरवुमन बन्ने चाहनाका कारण आफ्नै स्वास्थ्यलाई खतरामा नपार्नुस् ।
१०. तपाई नवदुलाहा हुनुहुन्छ भने नवदुलहीलाई नयाँ वातावरण, नयाँ घर र नयाँ घरेलु सदस्यहरुको माहोलमा सहज महसुस गराउनु नवदुलाहाको कर्तव्य हो । दुलहीले कयौँ सपना सजाएकी हुँदी हो भन्ने भावना बुझ्दै ती सपना पूरा गर्न/गराउन भूमिका खेल्नु आवश्यक छ । नवदुलहीका हरेक ससाना खुसीलाई ध्यान दिनु दुलाहाको कर्तव्य हुनजान्छ ।
११. नवदुलहीलाई पत्नीका रुपमा होइन, साथीका रुपमा अँगाल्नुस् । ऊसित केही कुरा नलुकाउनुस् । जे छ, खुला हृदयले उसलाई बताउनुस् । परिवारका सबै सदस्यको हृदयमा स्थान बनाउनका लागि हरेक पल नवदुलहीलाई तपाईंको आवश्यकता पर्छ । तपाई नवदुलहीको सपोर्ट सिस्टम बनी सहयोग गर्नुहोस् ।
१२. हरेक व्यक्तिका आफ्नै कमजोरी हुन्छन् । त्यसैले कुनै पनि व्यक्तिको कमजोरीमा भन्दा उसको सशक्ततालाई केन्द्रित गर्नुपर्ने हुन्छ । नवदुलहीको मामिलामा पनि तपाईंले उसका असल पक्षलाई परिवारसमक्ष प्रस्तुत गर्नुहोस् ।
१३. नवदुलहीका ससाना गल्तीलाई नदेखेझैँ गरिदिनुस् । यस्तो भयो भने तपाईंको विवाहित जीवन अरुका लागि कति उदाहरणीय बन्छ, त्यो पछि मात्र तपाईंले बुझ्न सक्नुहुन्छ ।
१५. जुन छुट र स्वतन्त्रता तपाईंले आफ्नी छोरीलाई दिनुहुन्थ्यो, त्यो आफ्नी बुहारीलाई पनि दिनुहोस् । बुहारीको बिल्ला भिराएर सम्बन्धलाई बोझिल नबनाउनुस् ।
१६. बुहारीलाई छोरी भनेर मात्र ऊ छोरी बन्दिन । उसलाई छोरीजस्तै व्यवहार गर्नु पनि उत्तिकै आवश्यक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!