अहिलेको समयमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ। हरेक समय हामी फोन प्रयोग गरिरहेका हुन्छौं।
मोबाइलसँग यति जोडिएका छौं, राति सुत्नु अघिसम्म मोबाइल स्क्रिनमै हराउने हामी बिहान उठ्नासाथै फोन मात्र देख्छौं। ब्युँझने बित्तिकै फोन चलाउने हाम्रो बानी भइसकेको छ। तर अध्ययनहरुले यसरी बिहान उठ्नासाथ मोबाइल चलाउँदा विभिन्न प्रकारका अ*सर निम्तन सक्ने देखाएका छन्।
पछिल्लो समय बेलायतमा करीब दुई हजार व्यक्तिमा गरिएको सर्वेक्षणबाट बिहान उठे लगत्तै मोबाइल फोन प्रयोग गर्ने व्यक्तिहरुको दिनको शुरुआत त*नावबाट हुने पाइएको छ। जसका कारण उनीहरुलाई आफ्नो नियमित काम गर्न असहज हुन्छ।विज्ञहरुका अनुसार, उठ्ने बित्तिकै जब हामी मोबाइलको नोटिफिकेशन देख्छौं, मस्तिष्कले त्यही विषयमा सोच्न थाल्छ। जसको कारण हाम्रो ध्यान दोस्रो काममा जाँदैन। त्यसले हाम्रो कार्यक्षमतामा असर पुर्याउँछ।
बिहान मोबाइल चलाउँदा हामी सामान्यतया इमेल वा सोसल मिडियाको नोटिफिकेशनमै आँखा लगाइरहेका हुन्छौं, त्यस क्रममा हामी बितेका समयका कुरा पढिरहेका हुन्छौं। हामी आफ्नो वर्तमान बिर्सेर अतीतमा हराउन थाल्छौं। जसले गर्दा तपाईंको दिनको शुरुआत राम्रो हुँदैन।
विज्ञहरु बिहान उठे लगत्तै मोबाइल फोन नचलाउन सुझाव दिन्छन्। तपाईं दिनको शुरुआत योग वा ध्यानबाट गर्न सक्नुहुन्छ।
Asia lesbian LGBT Couple hugging lay on bed and use mobile phone together with happiness moment,love wins concept