समय मुल्यवान हुन्छ तरपनि सत्य अधिक मुल्यवान

ByBibas chetan

४ आश्विन २०७६, शनिबार ०६:३९ ४ आश्विन २०७६, शनिबार ०६:३९ ४ आश्विन २०७६, शनिबार ०६:३९

१, समय मुल्यवान हुन्छ तर समयभन्दा पनि सत्य अधिक मुल्यवान हुन्छ । –डिज्रायली

२, एउटा झुटो कुरा लुकाउन कैयौँ पटक झुट बोल्नुपर्छ । – अज्ञात

३, पापी मानिस सत्यबाट डराउँछ । –सुकरात

४, सत्य बस्तुत अन्त्यसम्म नै सत्य नै रहन्छ । –सेक्सपियर

५, सत्य सुन्दर हो र सुन्दर नै सत्य हो । –लक्ष्मीप्रसाद देवकोटा

६, सत्यको आधारमा रहनुभन्दा बढ्ता आनन्द अरु केही छैन ।–बेकन

७, साँचो बोल्नु, सुन्दर लेख्नु समान हो, जुन अभ्यासले मात्र प्राप्त हुन्छ । –कार्लाइल

८, जसरी सुर्यको किरणलाई कुनै पदार्थले अपवित्र गर्न सक्दैनत्यसरी नै सत्यलाई पनि अपवित्र गर्नु असम्भव छ । –मिल्टन

९, सत्यवादी मानिस झुटो प्रार्थना गर्दैन ।–बाल्मिकी

१०, साधारणत मानिसहरु परम आवश्यक सत्यलार्य एकाएक विश्वास गदैनन ।–इल्किन

११,  सत्य बोल यदी त्यो तिम्रो विपरीत छ भनेपनि ।–कुरान

१३, संसारमा सत्य बाहेक संग्रह गर्न योग्य दोस्रो बस्तु केही हुदैन । –चसर

१४,  जोसंग सत्य छ, त्यो एक्लै भए पनि बहुमतमा हुन्छ । –डगलस

१५, सत्यलाई दवाउन सकिन्छ तर नाश गर्न सकिदैन ।–जर्मनेली उखान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!