१ आफुलाई चिन्ने
प्रत्येक मानिसहरु आफैमा अद्धितीय हुन्छन् । अन्य मानिसहरुलाई छोडेर आफैँले आफैलाई चिन्न खोज्ने । आफ्नो व्यक्तित्व प्रति कौतुहल र रुचि जगाउने ।
२ प्राथमिकता दिने
हामीहरु आफुलाई खुशी नदिने कुरालाई धेरै महत्वपुर्ण मान्छौँ । हामीलाई धेरै तनाव दिने कामहरुलाई मात्रै महत्वपुर्ण ठान्ने गर्छौ । तर हामी आफुलाई नै खुशी दिन कामलाई त्यति वास्ता गर्दैनौ । हाम्रो खुशीहरु त्यत्तिकै सकिएर जान्छ
३ सफलतामा रमाइलो गर्ने
हामीहरु अरुको सफलतामा रमाइलो गर्ने गर्छाैँ । तर आफ्नो उपलब्धिमा ध्यान दिदैनौ । सफलता चाहे सानो होस् या ठुलो आफ्नो सफलता पाएको कठिन मोडहरुलाई छोडेर सफलताको रमाइलो गर्न सके हामीहरु सधैँ खुशी हुन सक्छौँ । यस्ता सफलताका रमाइलो पलहरुले हामीलाई खुशी मात्र पार्दैन आउने चुनौतिहरुलाई समेत लड्नको लागि प्रेरित बनाउँछ ।
४ स्वास्थ्यको ध्यान राख्ने
अस्वस्थ्य भएपछि आफुलाई खुशी राख्न असम्भव हुन्छ । आफ्नो शरीरलाई मानसिक एवम् शारिरिक रुपमा तन्दुरुस्त राख्न सक्यौँ भने हाम्रो शरीर अस्वस्थ हुने सम्भावना रहँदैन । हामी स्वस्थ भएपछि हामीलाई काम गरेर पनि अधिक सन्तोष र खुशी मिल्छ ।
५ आफ्नो शौक जीवित राख्ने
हामीहरु कामको व्यस्ततामा धेरै कुराहरुलाई समय दिन सक्दैनौ । आफुलाई मन लागेको कुराहरु समय अभावले गर्न पाउँदैनौ । तर यस्ता साना कुराहरुले नै हामीलाई खुशी राख्न मद्दत गर्दछ । आफ्नो रुचीलाई ध्यान राखेर समय निकाल्ने र रुचीका कामहरु गर्ने हो भने पनि हामीलाई धेरै खुशी मिल्ने गर्छ ।
६ आफुलाई आफैले चुनौती दिने
हामीहरुले आफुलाई खुशी राख्नु छ भने कहिलेकाहिँ आफ्नो दिनचर्याबाट समय निकालेर केही फरक काम गर्नुपर्छ । यसले हाम्रो जीवनमा नविनताका साथै शरीरलाइ फुर्तिलो बनाउँछ । यदि हामी खुशी हुनु छ भने पहिले कहिल्यै नगरेको काम गर्नुपर्छ । अथवा पुरानै कामलाई नयाँ तरिकाले प्रस्तुत गर्नुपर्छ । यसो गर्दा हामीलाई एउटा छुट्टै आनन्द र खुशी मिल्छ ।
७ आफैलाई साथी बनाउने
यदि हामीहरु आफैले आफैलाई साथी जस्तै बनाउन सकियो भने लुकेका खुशीहरु स्वतः बाहिर आउँछन् । हामी जसरी साथीको गल्तीलाई माफ गर्दिन्छौँ, उस प्रति सहृदयी हुन्छौ । त्यसैगरि हामी आफ्नो लागि पनि सहृदयी र उदार हुन सक्छौँ । यसले हामीलाई जस्तो बेलामा पनि एक्लोपन र अधुरोपनको भान हुँदैन जसले हामीलाई खुशी र प्रसन्न राख्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!