-तपाईं जति आफ्नो काममा व्यस्त बन्दै जानुहुन्छ त्यति नै आफ्ना मान्छेहरुसँग टाढिदै जानु हुन्छ ।
-हामी कोही काम गर्नमा व्यस्त छौं । हामीमध्ये कै कोही गुनासो गर्नमा व्यस्त छौं ।
-व्यस्त मानिसका लागि आराम नै उत्तम उपचार हो भने अल्छी मानिसको लागि काम नै उत्तम उपचार हो ।
-कोही चाहेर पनि फुर्सद पाउँदैन भने कोही फुर्सद भएर पनि व्यस्त हुन चाहैनन् ।
-अरूको बारेमा सोच्न कहिल्यै व्यस्त नहुनुहोस् । यसो गर्दा तपाईं सधैं पछाडि पर्नुहुनेछ ।
-अचेल मानिसहरु आफ्नो भन्दा पनि अरुको बारेमा सोच्न र कुरा काट्नमा व्यस्त हुन्छन्
-तपाईं आफ्नो काममा लगनशील भएर व्यस्त हुदै जानुहोस् सफलता अवश्य प्राप्त हुनेछ ।
-जब हामी व्यस्त हुन्छौं तब कसैको यादहरु र तनाबहरु भुल्न सजिलो हुन्छ ।
-आत्मीय र साँचो साथीहरु जति नै व्यस्त भए पनि उनीहरु कहिल्यै परिवर्तन हुदैन ।
-महँगो सफलताको कुरुपतासँग व्यस्त भएका हामी निःशुल्क सौन्दर्यको सहजता बिर्सन्छौं ।
-सच्चा मित्रहरु त्यो हो जो आफु व्यस्त भएर पनि तपाईंको लागि फुर्सदमा छु भन्छन् ।
-व्यस्त हुनु अल्छी हुनु भन्दा धेरै राम्रो हुन्छ ।
-म किन व्यस्त थिए भनेर पत्ता लगाउँन चाहन्थे तर, मैले समय पाइन ।
-व्यस्त हुनको लागि यो पर्याप्त छैन कि कमिला पनि व्यस्त हुन्छन् । तर प्रश्न यो हो कि हामी के का लागि व्यस्त छौं ?
-व्यस्त व्यक्तिले बेकार विचार भन्दा बढी हासिल गर्दछ ।
-हामी आफ्नै व्यस्ततामा हराउँ ताकि हामीलाई नकारात्मक सोचले छुन पनि नसकोस् ।
-संसारको गतिमा मानिसहरु यति धेरै व्यस्त भए कि यहाँ एकअर्काको लागि हालखबर सोध्ने फुर्सदसम्म पनि छैन ।
-व्यस्तताले गहिरो सोचलाई दबाउँदछ ।
-यति धेरै व्यस्त पनि नहुनुहोस् कि परिवारले समेत बिर्सन थाल्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!