१. उज्यालोमा त कोहि न कोहि भेटि नै हाल्छ त्यसैले त्यस्तो मान्छेको खोजी गर्नू जसले अध्याँरोमा पनि तिमीलाई साथ दिन्छ ।
२. आफै मेहेनत गरेर आफ्नो भाग्य लेख्नू नत्र परिस्थितिले तिम्रो भाग्य लेखिदिने छ ।
३. जब कसैले तिमीलाई गिराउन खोज्छ तब यो मान्नु कि तमी त्यो भन्दा माथि रहेछौ ।
४. यदि तपाई भित्रको मान्छेले तपाईमाथी बिश्वास गर्छ भने बाहिरको मान्छेले तपाईको सफलतालाई रोक्न सक्दैन ।
५. मिठो मह बनाउने माहुरीले पनि डस्न सक्छ, त्यसैले होसियार रहनु, धेरै मिठो बोल्ने मान्छेले पनि तिमीलाई हानी पुर्याउन सक्छ ।
६. जीवनमा दुई प्रकारका मान्छेहरु असफल हुन्छन्, एउटा जो सोच्छन् तर गर्दैनन् र अर्को जो गर्नु भन्दा पहिले सोच्दैनन् ।
७. आफ्नो दु:खलाई आफै भित्र राख्नु किनकि दुनियामा त्यस्तो मान्छेहरु पनि छन् कि तिम्रो दुखलाई रोई रोई सोध्छन् र हाँसी हाँसी दुनियालाई सुनाउछन् ।
८. जसलाई सपना देख्ने सोक छ उसलाई रात छोटो लाग्छ र जसलाई सपना पुरा गर्ने सोक छ उसलाई दिन छोटो लाग्छ ।
९. जिन्दगीको दौडमा यो जरुरी छैन कि तिमी अगाडी नै हुनुपर्छ र सबैलाई पछाडी पार्नु पर्छ भन्ने जरुरी त तिम्रो दौडमा सामिल भएर दौदिनुमा छ, थाकेर लड्नु र फेरी उठ्नुमा छ किनकि जिन्दगीको यहि रित हो जो आज अन्तिम छ भोली प्रथम पक्का हुन्छ बस निरन्तर दौडिनु जरुरी छ ।