सफल हुने राम्रा टिप्सहरू

ByBibas Kulung

१४ भाद्र २०७७, आईतवार ०७:१४ १४ भाद्र २०७७, आईतवार ०७:१४ १४ भाद्र २०७७, आईतवार ०७:१४ #आत्मबल, #आफ्नो न्युज, #प्रेरक, #मनछुने, #युवालय, #राम्रा कुरा, #सफलता

यदी तपाई जीवनमा सफलता चाहनुहुन्छ भने सफल व्यक्ति बारेमा जन्ने प्रयाश गर्नुस् । किनकी हरेक सफल मानिसको जीवनमा एक तितो अनुभव र कठिन संघर्ष हुन्छ । जसका कारण उ सफल भएको हुन्छ ।

एउटा कुरा सधै यादमा राख्नुस् कि सफलता र असफलताको पछाडि तपाईको इच्छाशक्तिको भूमिका हुन्छ । चाहनाले मात्र मानिस सफल हुँदैन त्यसका लागि तपाईले मिहेनत गर्नु पर्दछ ।

सफता पाउनका लागि तपाईले केही काम नियमित गर्न आवश्यक छ ।

पढ्ने वानीको विकास

धेरैजसो सफल मानिसले सुत्नुअघि पढ्नका लागि समय छुट्याउछन् । यो जरुरी छैनकी तपाई विषयसँग सम्बन्धित पुस्तक पढ्नुहोस् । तपाइले प्रेरणात्मक कहानी, व्लग्स साहित्या या समाचार भए पनि पढ्ने बानी विकास गर्नुस् ।

सकारात्मक सोच

दिनभरको भागदौडपछि दिमागमा तनाव, थकान र नकारात्मक सोच हुनु सामान्य मानवीय प्रक्रिया हो । यदी तपाईले हरेक विषयलाई सकारात्मक रुपमा लिनुभयो भने तपाईलाई निन्द्रा राम्रोसँग लाग्ने छ भने तनाव कम हुन जानेछ । दिनभर गरेका सकारात्मक काम बारे सोच्नुहोस् तपाईलाई आनन्द आउँछ ।

कामको लिस्ट बनाउनुस्

बेलुका सुत्नुअघि तपाईले भोलिपल्ट गर्ने कामको लिस्ट बनाउनुस् । सवै कामको लिस्ट बनाउन गारो हुन्छ तर पनि कामको लिस्ट बनाउँदा तपाईको जीवन व्यवस्थित हुन जान्छ ।

परिवारलाई समय

तपाईसँग जति पैसा, नाम र व्यस्तत भएपनि परिवारको लागि समय छैन भने त्यसले कुनै अर्थ राख्दैन । सफल व्यक्तिले अफ्नो सफलताको श्रेय परिवारलाई दिन्छ जसले गर्दा उसलाई आत्मसन्तुष्टि मिल्छ भने काममा परिवारका सदस्यहरुको सहयोग हुन्छ ।

मादक पदार्थबाट पर बस्नुस्

सफलताका लागि मादक पदार्थहरु बाट टाढा बस्नुहोस् । यसले परिवारका साथै तपाईको काममा पनि असर गर्छ

ध्यान गर्नुस्

कयौं सफल व्यक्ति काममा जानु पूर्व थोरै अवधिका लागि भए पनि ध्यानमा बस्छन् । यसबाट तपाईका दिन र दिमाग चिन्ताबाट टाढा जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!