आइन्स्टाइन कसरी सफल भए ?

ByBibas Kulung

१४ भाद्र २०७७, आईतवार २०:०५ १४ भाद्र २०७७, आईतवार २०:०५ १४ भाद्र २०७७, आईतवार २०:०५ #अल्बर्ट आइन्स्टाइन, #अल्बर्ट हुबार्ड, #महान भनाईहरू

महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन एकपटक एउटा कलेजका विद्यार्थीसितको अन्तरसंवादमा थिए । उनी विद्यार्थीका प्रश्नको जवाफ दिँदै थिए । त्यत्तिकैमा एक विद्यार्थीले सोधे– हजुरलाई सबैले महान् वैज्ञानिक भन्छन् । पक्कै पनि हजुर सजिलै महान् वैज्ञानिक बन्न सफल हुनुभएको होइन होला । त्यसो हो भने हजुरको सफलताको रहस्य के हो ? के हामीलाई बताउन मिल्छ ?

विद्यार्थीको प्रश्न सुनेर आइन्स्टाइन केहीबेर मौन रहे, केही गमे र हल्का मुस्कुराउँदै जवाफ दिए– म तपाईंहरूका प्रश्नको जवाफ दिनै यहाँ उपस्थित भएको हुँ । त्यसैले, म सकेसम्म तपाईंहरूका प्रश्नको यथोचित जवाफ दिने प्रयत्न गर्छु । म सफल छु कि छैनँ, त्यो तपाईंहरूले मूल्यांकन गर्ने विषय हो । तपाईंहरू मलाई सफल देख्नुहुन्छ भने मेरो यो सफलताको रहस्य हो, अविचलित हिम्मत ।

जीवनमा हिम्मत नहारी आफ्नो लक्ष्यमा लागिपरेको हुनाले नै आज म यहाँ छु । जतिखेर म सानो थिएँ, त्यतिवेला मेरा स्कुले साथीले मलाई बुद्धु भनेर गिज्याउँथे । शिक्षकले गरेको प्रश्नको जवाफ दिन नसक्दा मलाई उनीहरू गोबरगणेश भन्थे । शिक्षकका प्रश्नको जवाफ दिन नसक्दा म बारम्बार बेन्चमाथि उभिन बाध्य हुन्थेँ । सबैले मेरो उपहास गर्थे । गणितका शिक्षकले मलाई पटक–पटक भनेका थिए— तिमीले यो जुनीमा गणित सिक्न सक्दैनौ । त्यतिखेर म मनमनै खुब रुन्थेँ । आफूलाई बुद्धु बनाएकोमा भगवान्सित खुब रिसाउँथेँ । मैले चारैतिर निराशासिवाय केही देख्दिनथेँ । तर, ममा एकप्रकारको अनौठो भोक थियो । त्यो भोक शान्त पार्न म कहिल्यै हिम्मत नहारीकन निरन्तर कर्ममा जुटिरहेँ । परिणाम तपाईंहरूसामु छ ।

One thought on “आइन्स्टाइन कसरी सफल भए ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!