• विदेशमा बिदा मित्र हुन्छ, घरमा स्त्री मित्र हुन्छे, रोगीको मित्र औषधि हुन्छ र मरणोपरान्त धर्म मित्र हुन्छ । -चाणक्य
  • सच्चा मित्र हीराजस्तै अमूल्य र दुर्लभ हुन्छ । झूटा साथीहरू सुकेका पातहरूझैँ जहाँतहीँ मिल्छन् । -अरस्तु
  • मूर्ख मित्रभन्दा विद्वान् शत्रु नै असल हुन्छ । -वेदव्यास
  • मित्र बनाउन सजिलो छ तर मित्रता दिगो समयसम्म राख्न गाह्रो छ । चित्तको अस्थिरताका कारण सानो मतभेद हुनेबित्तिकै मित्रता टुटिहाल्छ ।-वाल्मीकि
  • मित्रका तीन लक्षण हुन्छन् अहित कामबाट रोक्नु, हितकारी काममा लगाउनु र विपत्तिमा साथ नछाड्नु । -अश्वघोष
  • दुष्टसँगको मित्रता बिहानको घामको छायाजस्तै हो जुन क्रमशः घट्दै जान्छ । सज्जनसँगको मित्रता मध्यान्हपछिको घामका छाया हो जुन क्रमशः बढ्दै जान्छ । -भर्तुहरि
  • सामुन्ने मिठो बोल्ने साथीहरू र पिठमा छुरा हान्ने साथीहरू छाडिदिनुपर्छ । -हितोपदेश
  • सच्चा मित्र त्यही हो जसले तिमीलाई ऐनाले जस्तै तिम्रो दोष छर्लङ्ग देखाइदिन्छ । जसले तिम्रो अवगुणको प्रशंसा गर्छ त्यो त चाप्लुसी हो । -फुलर
  • सम्पन्नताले मित्र बनाउँछ तर विपत्तिमा मित्रको परीक्षा हुन्छ । -शेक्सपियर
  • जीवनमा केवल तीनवटा सच्चा मित्र छन् : वृद्धा पत्नी, पुरानो कुकुर र वर्तमान धन । -बेन्जामिन फ्याङ्कलिन
  • विवाह र मित्रता समान अवस्थाका मानिससँग मात्रै गर्नुपर्छ ।-हितोपदेश
  • मित्र बनाउनमा धैर्य राख, मित्र बनाइसकेका छौ भने त्यसलाई दृढ र स्थिर बनाऊ । -सुकरात
  • यदि हाम्रा कुनै मित्र छैनन् भने यो संसार निर्जन वन बराबर हो । -बेकन
  • मित्रहरूसँग जब लेनदेन सुरु हुन्छ त्यहाँ मनमुटाव सुरु हुन बेर लाग्दैन । -प्रेमचन्द
  • जहाँ बराबरीमा मित्रता हुँदैन, त्यो सधैँ घृणामा परिवर्तन हुन्छ । -गोल्ड स्मिथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!