• भिड जहिले पनि त्यही बाटोमा हिँड्छ, जुन बाटो सजिलो छ । तर, यसको मतलब यो होइन कि भिड सधैँ सही बाटोमा हिँड्छ । -अज्ञात
  • जीवनमा कठिनाई बर्बाद गर्नका लागि होइन, हाम्रो सामर्थ्य र शक्ति पैदा गर्न आउँछ ।-अज्ञात
  • जो व्यक्ति परिवर्तनसँग डराउँछ, मेहनत गर्न जाँगर चलाउँदैन, ऊ कहिले पनि आफ्नो जीवनमा सफल हुँदैन । यो मानिसको सबैभन्दा ठूलो कायरता हो । – अज्ञात
  • काम (वासना), क्रोध र लोभ । यी तीन नर्कको ढोका हो । -सन्त कवीर
  • महान कार्य गर्ने एउटै तरिका हो, तिमी जे गर्दैछौ प्रेमपूर्वक गर । यदि अहिलेसम्म त्यस्तो काम मिलेको छैन भने, खोज । -स्टिभ जब्स
  • यी आठ गुणले ख्याती बढाउँछ : बुद्धि, कुलीनता, इन्द्रिय निग्रह, शास्त्रज्ञान, पराक्रम, धेरै नबोल्ने, शक्ति अनुसार दान दिने र कृतज्ञता । -विदुर नीति
  • जीवनमा जब ठूलो कुरा प्राप्त हुन्छ, तब सानो कुरालाई नभुल्नु । किनकी जहाँ सुईको काम जहाँ हुन्छ, त्यहाँ तरवारको अर्थ हुँदैन ।- अज्ञात
  • ऋण, शत्रु र रोग समाप्त गर्नुपर्छ। – चाणक्य नीति
  • यस्तो कुनै गोप्य काम नगर कि त्यसलाई अर्कोसँग लुकाउन जरुरत हुन्छ। -जवाहरलाल नेहरु
  • अज्ञानी हुनु त्यति लाजमर्दो कुरा होइन, जति जान्ने इच्छा नराख्नु हो ।-अज्ञात
  • जसलाई हार्न डर लाग्छ, उसको हार निश्चित छ । -नेपोलियन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!