सफलता कब्जा गर्ने सुत्रहरू

ByBibas Kulung

२१ भाद्र २०७७, आईतवार १३:२२ २१ भाद्र २०७७, आईतवार १३:२२ २१ भाद्र २०७७, आईतवार १३:२२ #आदर्श भनाई, #आफ्नो न्युज, #प्रेरक भनाई, #मनछुने भनाईहरू, #सफलता

कडा परिश्रम : सफलता पाउनको लागि एकदम कडा परिश्रम गर्नुस् अवश्य सफलताको भागीदार हुनेछन् र त्यो जस्तो आनन्दको पल कुनैपनि हुनै सक्दैन । आजको जतिपनि सफल व्यक्तिहरु छन् ति सबै कडा मिहेनतकै कारण हो ।

गल्ती स्वीकारगर्ने : गल्ति जो कोहीबाट हुन्छ र गल्तिबाटानै सिक्दै जाने हो । तर जानीजानी चै गर्नु हुदैन । नजानेर हुने गल्तीलाई स्वीकार गरी सच्याउनु पर्छ ।

तनाव नलिने: हामी सामाजिक प्राणि हौ त्यसैले हामीमा तनाव त हुन्छ नै तर त्यो तनावलाई लिई रहनु हुदैन । एकचोटी भएको गल्तीलाई बारम्बार सम्झदा तनाव हुन्छ र दिमागको क्षय हुन्छ । त्यसैले गल्ती नदोहोर्‍याउनेमा प्रतिबद्ध भएर पुराना गल्तीमा नअल्झिने सोच बनाउनुपर्छ ।

परिवर्तनसँग लड्ने : परिवर्तनसँग लड्नु जरुरि छ । जे छ त्यसमै  रमाउन वातावरण सिर्जना गर्नु हुदैन । जसले गर्दा दिमागमा नयाँ सोच सिर्जना हुँदैन । परिस्थितिको परिबर्तनलाई अवसरको रुपमा लियामा मात्र  सफलताको माथिल्लो सिँढीमा पुगन सकिन्छ । मान्छेको दिमाग परिवर्तनलाई सदा स्वागत गर्छ ।

एक्लोपन महसुस नगर्ने : हामी सधै अधिकांश समय साथीसँग कटाउन रुचाउँछन् । यो दिमाग क्षय गर्ने सबभन्दा ठूलो कारण हो । जसले नयाँ कुरा सोच्ने र एकोहोरिने अवसर पाउँदैन । बिस्तारै त्यसरी सोच्ने ग्रन्थी बन्द हुँदै जान्छ । गहन कुरा सोच्न खोज्दा समेत एकाग्र हुन सकिदैन । त्यसैले एक्लोपनसँग डराउने होइन, त्यसको सदुपयोग गर्ने बानी बसाल्नुपर्छ ।

अर्काको सफलतामा रमाउने: अर्काको सफलता सामूहिक रोग हो, अर्काको प्रगतिमा जल्ने । आफ्नो सफलता भन्दा अर्काको असफलतामा रम्ने बानीले अन्ततःः दिमाग नै त्यही रुपमा बदलिन्छ । नकारात्मक कुरालाई महत्व दिने ग्रन्थी दिमागबाट चाँडो निस्किन थाल्छन् । अन्तमा गएर आफ्नो सफलताका लागि भन्दा अर्काको असफलताका लागि दिमाग चल्छ । आफू अघि बढ्ने समय अर्काको खुट्टा तान्न खर्चिंदा कहिल्यै सफलता हासिल गर्न सकिँदैन ।

अरुसँग आफ्नो तुलना : हाम्रो तुलना अर्काे कोहीसँग गर्नुहुँदैन । हाम्रो  जन्मिने वातावरण, समय र अवस्था नै फरक भएपछि कुनै कुरामा समानता हुने सम्भावनै हुँदैन । आफूलाई अरुसँग दाँज्ने बानीले कहिल्यै बुद्धिको विकास हुन दिँदैन । आफू अरुभन्दा फरक हो र हुनुपर्छ भन्ने सोचाइले अन्ततः फरक बनाएरै छाड्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!