जाे व्यत्ति आफ्नो आवश्यकताभन्दा बढी धन राख्छ, त्यो चोर हो ।
सियोको प्वालबाट ऊँट छिरेर निस्किन बरु सम्भव होला तर धनी व्यक्ति स्वर्गका द्धारबाट छिरेर भित्र पस्न असम्भव छ ।
आफनो हृदयको क्षमा, दया र प्रेमको भावनाले आफनो अनुहारलाई जति सुन्दर बनाउन सक्छौ, त्यति अन्य कुनै उपायबाट बनाउन सक्दैनौ ।
श*त्रुसँग प्रेम गर्नु र घृ*णा गर्नेप्रति सहृदयी हुनुपर्दछ ।
मनुष्यले एक अर्काको सेवा गर्नु पर्दछ । यही साँचो ईश्वर सेवा हो ।
जसले शरीरलाई मार्दछ, परन्तु आत्मालाई मार्न सक्दैन त्यस्तासँग नडराऊ तर जसले आत्मा र शरीर दुवैलाई न*र्कमा कष्ट दिन सक्छ त्यस्तासँग डराऊ ।
आफनो प्राणको चिन्ता नगर कि म के खाउँला, के लगाउँला किनकि भोजन, प्राण र वस्त्रभन्दा ठूलो शरीर हो ।
जसले तिम्रो सुन्छ, उसले मेरो सुन्छ, जसले तिम्रो तिरस्कार गर्छ उसले मेरो तिरस्कार गर्छ र जसले मेरो ति*रस्कार गर्दछ उसको ति*रस्कार तिनले गर्दछन् जसले मलाई पठाएका छन् ।