महात्मा विदुर नीतिहरू

ByBibas Kulung

१८ मंसिर २०७७, बिहीबार १७:१० १८ मंसिर २०७७, बिहीबार १७:१० १८ मंसिर २०७७, बिहीबार १७:१० #-विदुर नीति, #महात्मा विदुर, #महान भनाई, #विदुरका भनाइ
  • मुर्खको यो प्रवृत्ति छ कि ऊ सधैँ तिनको अपमान गर्दछ जो विद्या, बुद्धि शील आयु, धन र कुलमा श्रेष्ट तथा माननीय छन ।
  • जो स्वार्थी तथा धेरै प्राप्त गर्ने नशाबाट मुक्त छ तिनलाई समझदार ठान्दछु, किनकि संसारमा स्वार्थ र नशा नै सबै झमेलाको कारण हुन् ।
  • विद्धानको सेवा गर्ने मानिस, चिकित्सक, धर्मपरायण, राम्रो, मृदुभाषी र मैत्रीभाव हुने मानिसहरुको सधैँ रक्षा गर्नुपर्दछ ।
  • परिश्रम, संयम, धैर्य, चतुर्याईँ, स्मरणशक्ति तथा राम्रोसँग सोँचविचार गरी काम सुरु गर्ने प्रवृत्ति सम्पन्नता र उन्नतिका मूल हुन ।
  • काम नगर्ने, क्रूर, देशकालको ज्ञान नराख्ने र निन्दित भेष धारण गर्ने मानिसलाई कहिल्यै आफनो घरमा बास नदिनु ।
  • सुमधुर शब्दमा भनिएका शब्दले अनेक प्रकारले कल्याणको प्राप्ति हुन्छ तर कठोर शब्द महाअनर्थकारी हुन्छ ।
  • मानिसले हिंसा नगरिकन अर्थको प्राप्ति गर्नुपर्दछ ।
  • यस जगतमा क्षमा नै वशीकरणको साधन हो । क्षमाबाट के पाईन्न ? जसको हातमा शान्तिरुपी तरबार छ दुर्जनले उसलाई केही गर्न सक्दैन ।
  • जो अरुको  धन, सौन्दर्य, सुख, सौभाग्य र सम्मानको ईष्र्या गर्दछन, ती सधैँ दुःखी रहन्छन् ।
  • संसारमा तीन मत छन् विद्यामत, धनमत, कुलमत । अहंकारी पुरुषको बुद्धिलाई यिनले भ्रष्ट गर्दछन् । तर सज्जन व्यक्तिलाई अमन दिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!