यदि अरुको उपकार गर्न सक्नुहुन्न भने पनि अपमान भने नगर्नू ।
जुन क्षण हामी अरुसँग माग्दछौँ हाम्रो हृदय संकुचित हुन्छ र चेतनाको द्धार तत्काल बन्द हुन्छ ।
जहाँ बेदना छ त्यही घनिभूत हुन्छ र जहाँ वेदना छैन त्यहाँबाट चेतना बिदा हुन्छ ।
ईश्वरलाई जति हामी बाहिर खोज्छौँ त्यति नै टाढा जान्छन् । यदि अडिने हो भने त्यही प्राप्त हुन्छन ।
वसनाको ज्ञानले वासनाबाट मुक्त गर्दछ किनकि वासनाको ज्ञानले त्यसको दुखद स्वरुपलाई प्रकट गरिदिन्छ ।
कर्म छोडेर जो भाग्दछ उसको कर्म गर्ने उर्जा व्यर्थको काममा सक्रिय हुन्छ ।
कर्मले होईन कर्ताले बाँध्दछ । कर्मले छोड्दैन । कर्ता छुट्यो भने मात्र त्यसले छोड्दछ ।
प्रेममा डुब्नु नै पर्दछ । जो डुब्छन् ती नै उत्रिन्छन् । प्रेममा, प्रार्थनामा, प्रभुमा डुब्नु नै पार तर्नु हो । यस्तो ठान कि डुब्यौ कि तर्यौ ।
सत्य होकि जीवनभरी संघर्ष चलिरहन्छ । सबैले आफनो लडाइ लडिरहन्छन् । हार मान्नेहरू थाक्छन् तर डटिरहनेहरू अम्तिम सास फेर्ने बेला भए पनि जित्छन् ।