• प्रत्येक घरमा अनुशासनको पालना हुन्थ्यो भने युवाहरुद्धारा गरिने अपराधमा ९५ प्रतिशत कमी आउन सक्थ्यो । – जे. एड्गर डुबर
  • जसले सर्वहारा वर्गको पार्टीको फलामे अनुशासनलाई अलिकति पनि कमजोर पार्दछ, उसले वास्तवमा सर्वहारा वर्गको विरुद्ध पुँजीपति वर्गलाई सहायता पुर्याउछ । – भी. आई. लेनिन
  • अहिंसा, सत्य, अपरिग्रह, ब्रम्हचार्य– यी तत्वलाई पालन गर्नु नै अनुशासन हो । – ऋग्वेद
  • कुनै एउटा महान अवसरमा हामी जे गर्दछौँ, त्यो हाम्रो पहिल्यै गठित भएको व्यत्तिमाभि निर्भर गर्दछ । – एच. पी. लिडान
  • विद्धान व्यत्तिले नित्य अनुशासनको प्रयोग गर्नुपर्दछ, नियमलाई मात्र हेर्नुहुदैँन, नियमको साथमा निरीक्षण गर्न उत्साहित वा प्रेरित गर्दछ । – डब्लु. आर. स्टिङगल
  • एउटा कडा अनुशासनले सबै प्रकृतिलाई छोप्छ, जुन कूरजस्तो भए पनि ज्यादै दयालु हुन्छ । – एडमन्ड स्पेन्सर
  • अनुशासनले संगठनमा त्यस्तो अवस्थासँग सम्बन्ध राख्दछ, जहाँ कर्मचारी संगठनको नीति नियम तथा स्तर वा मान्यताको स्वीकार योग्य व्यवहार स्वयम अवलम्बन गर्दछन् । – डिकेन्जो एन्ड रविन्स
  • घर नै अनुशासनको सबैभन्दा उत्तम विद्यालय हो । – एस. स्माइल्स
  • हम्रो व्यत्तित्व जस्तो बन्दछ, त्यो केवल अगाडि बितिसकेको समयमा हामीमा भएको आत्मानुशासनको फल हो । – एच. पी. लिडान
  • अनुशासनले संगठनमा विद्यमान त्यस अवस्थाको बोध गराउछ, जहाँ कर्मचारीहरुको मान्यता र नियमानुसार व्यवहार प्रर्वद्धन गर्दछ । – डेभिक स्टफेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!