–उदय हुँदाको सूर्य र अस्ताउँदो सूर्यको रंग एकै किसिमको हुने गर्छ । यसैगरी सम्पत्ति र विपतीमा महान पुरुषको रुप एकैखालको हुने गर्छ ।

–पृथ्वीमा तीन रत्नहरु छन्– जल, अन्न र सुभाषित । अज्ञानीहरू पत्थरको टुक्रालाई नै रत्न मान्छन् ।

–सज्जन पुरुष नचाहँदा नचाहँदै पनि अर्काेको आशा पूरा गरिदिन्छ । जस्तो सूर्य स्वयं घरघर गएर अरुलाई प्रकाश फैलाइदिन्छ ।

–अवगुण डुंगाको पिंधमा रहेको प्वाल जस्तै घातक हुन्छ । जुन चाहे सानो होस् या ठूलो एकदिन डुबाइदिन्छ ।

–रथ चक्र जस्तै मानव जीवनको दशा पनि उल्टो छ । कहिलेकाहीं दिन ठूलो हुन्छ कहिले रात।

–गुण भनेको एक व्यक्तिको वास्तविक पहिचान हो । गुणवत्ताको सबै ठाउँमा आदर हुन्छ।

–शोक वा खुशी सदाका लागि रहँदैन । यी पांग्राको बाहिरी भाग जस्तो कहिले तल त कहिले माथि हुन्छ ।

–राज्य छाता जस्तै असुरक्षित हुन्छ । जति उसलाई बोक्दा थकान महसुस हुन्छ त्यति उसले सुरक्षा दिन सक्दैन ।

–जसरी सुन आगोमा जलाएर कालो हुँदैन, त्यसरी नै जुन शिक्षकले विद्यार्थीलाई सिकाउँदा कुनै प्रकारको गल्ती हुँदैन भने साँचो शिक्षा त्यही नै हो ।

–इन्द्रियलाई जितेको व्यक्तिले आफ्नो दिमागमा थोरै मात्रामा पनि विखण्डनलाई स्थान दिन सक्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!