१. एउटा कठिन काम गर्नको लागि एउटा अल्छी मान्छेलाई चुन्नुहोस् किनकि अल्छी मान्छेले त्यो कामलाई गर्ने सजिलो उपाय खोज्छ ।
२. गरिब भएर जन्मनु तपाईको गल्ती होईन तर गरिब भएर नै मर्नु तपाईको गल्ती हो ।
३. यदि तपाई यसलाई राम्रो बनाउन सक्नुहुन्न भने, केवल यस्तो त बनाउनुस कि त्यो राम्रो देखियोस ।
४. तपाईले आफुलाई कसैसँग तुलना नगर्नुस किनकी यदी यस्तो गर्नुहुन्छ भने तपाईले आफ्नो बेईज्जती आफैँ गरिरहनुभएको छ ।
५. धेरै ठूलो सफलता हासिल गर्न, तपाईले कहिलेकाही धेरै ठुलो जोखिम उठाउनुपर्दछ ।
६. धेरैजसो मान्छेहरू यसको बारेमा धेरै बढी सोच्छन कि १ वर्षमा के गर्न सक्छन तर यसको बारेमा धेरै कम सोच्छन कि १० वर्षमा के गर्न सक्छन् ।
७. जब म सानो थिए, तब मेरा धेरै सपना थिए, र मलाई लाग्छ कि ति मध्ये धेरैजसो पुरा भईसके किनकि मलाई धेरै पढ्ने मौका मिल्यौ ।
८.जिउनको लागि त एक पल पनि अत्यन्त हुन्छ तर भर पर्छ तपाई कसरी जिउन चाहनुहुन्छ ।
९. तपाई आफ्नो जिन्दगीको लागि केही गर्न सक्नुहुन्न तर तपाई यसलाई मुल्यवान बनाउनको लागि केही अवश्य गर्न सक्नुहुन्छ ।