– क्षमालाई दोष मान्न हुँदैन, निश्चय नै क्षमा परम बल हो । क्षमा निर्बल मानिसको गुण हो र बलवानको क्षमा भूषण हो ।
– काम, क्रोध र लोभ यो तीन कुरा दु:खको मार्ग हो । यो तीन कुराले आत्मालाई नष्ट गर्छ । त्यसैले यसबाट टाढा रहनुपर्छ ।
– इर्ष्या , अर्कालाई घृणा गर्ने, असन्तुष्ट, क्रोध गर्ने, शंकालु, अरुमा आश्रित यी ६ प्रवृत्तिका व्यक्ति सधै दु:खी हुन्छन् ।
– संसारको पाँच सुख हो, धन प्राप्ति, सधै स्वस्थ्य रहनु, वशमा रहने पुत्र, प्रिय बोल्ने श्रीमती र मनोरथ पूर्ण गर्ने विद्या ।
– राम्रो कर्मलाई अपनाउने, नराम्रो कर्मबाट टाढा रहने, परात्मामा विश्वास राख्ने, श्रद्धालु हुने, यस्तो सद्गुण बुद्धिमानमा हुन्छ ।
– यस्तो पुरुषले अनर्थ झेल्नुपर्दैन, जो आफूमाथि आश्रतिलाई बाँढेर खान्छ । धेरै काम गरेर पनि थोरै सुत्छ ।
– परस्त्रीको स्पर्श, पर धनको हरण, मित्रको त्याग यो तीन दोष क्रमस काम, लोभ र क्रोधबाट उत्पन्न हुन्छ ।
– कुनै पनि काम एकदम सोच विचार गरेर गर्नुपर्छ, हतारमा हुँदैन ।
– जुन काम गरेपछि पछुताउनुपर्छ भने अब त्यस्तो काम फेरि किन गर्ने ?
– जुन व्यक्तिले कर्तव्य, सल्लाह र पहिले गरेको निर्णय केवल काम सम्पन्न भइसकेपछि मात्र अरुलाई सुनाउँछ, उही पण्डित हो ।
– जो अर्काको सौभाग्य, सम्मान, कुशलता, प्रतिष्ठा, सौन्दर्य, कुल र सुखको इर्ष्या गर्छ, उनीहरु सधै दुःखी हुन्छन् । ।
– बुद्धिमान पुरुष शक्ति अनुसार काम गर्ने इच्छा राख्छ । कुनै पनि कुरालाई तुच्छ सम्झेर अवहेलना गर्दैन ।
– पिता, माता, अग्नि, आत्मा र गुरु, मानिसले यी पाँचलाई बडो यत्नले सेवा गर्नुपर्छ ।
– मन, वचन र कर्मले मानिस जुन विषयमा पटक पटक ध्यान गर्छ, ऊ त्यसमा अरु बढी समर्पित हुन्छन् ।
– मिठो शब्दमा भनिएको कुराले अनेक किसिमले कल्याण गर्छ, तर कटु कुरा अनर्थको कारण बन्नसक्छ ।
– आफ्नो वास्तविक स्वरुपको ज्ञान, उद्योग, दुख सहने शक्ति र धर्ममा स्थिरता, यी गुणले मानिसलाई पुरुषार्थी बनाउँछ ।
– आफ्नो र जगतको कल्याण एवं उन्नती चाहने व्यक्तिले तन्द्र, निद्रा, भय, क्रोध, आलस्य आदि दोष सधैका लागि त्याग्नुपर्छ ।