लोकसेवा प्रश्नोत्तर : महासागरहरू

ByBibas Kulung

३० भाद्र २०७८, बुधबार ०९:१२ ३० भाद्र २०७८, बुधबार ०९:१२ ३० भाद्र २०७८, बुधबार ०९:१२ #लोकसेवा

महासागरहरु
पृथ्वीको कति प्रतिशत पानीले ढाकेको छ? – ७०.८% (३६ करोड ११ लाख ४९ हजार वर्ग किमि)
ठूलोदेखि सानोसम्मको महासागरको क्रम – प्रशान्त¸ आन्ध्र¸ हिन्द¸ कुमेरु¸ सुमेरु (सानो सुमेरु)

प्रशान्त महासागर
प्रशान्त महासागरमा साना ठूला गरी कति टापु छन्? – २० हजार
सबैभन्दा ठूलो महासागर प्रशान्त महासागर कति क्षेत्रमा फैलिएको छ? – १६ करोड ५७ लाख वर्ग किमि
प्रशान्त महासागरको सरदर गहिराई कति छ? – ४३०० मिटर
प्रशान्त महासागरले कूल जलमण्डलको कति भाग ओगट्छ? – ४५.५%
प्रशान्त महासागरको गहिरो भाग कुन हो? – मरियाना ट्रेन्च¸ फिलिपिन्स नजिकै
Pacific Ocean को नामाकरण गर्ने व्यक्ति को हुन्? – फर्डिनेन्ड मेगलन
मरियाना ट्रेन्चको गहिराई कति छ? – १०¸९१२ मिटर्

आन्ध्र महासागर
आन्ध्र महासागरको क्षेत्रफल कति रहेको छ? – ८ करोड २४ लाख वर्ग किमि
आन्ध्र महासागरले कूल जलक्षेत्रको कति प्रतिशत भाग ओगट्छ? – २३
आन्ध्र महासागरको औसत गहिराई कति छ? – ३७०० मिटर
आन्ध्र महासागरको अधिकतम गहिराई कति छ? – ९२०० मिटर
आन्ध्र महासागरको सर्वाधिक गहिरो भाग कहाँ पर्छ? – प्युर्टोरिको द्वीप
आन्ध्र महासागरको आकार कस्तो छ? – अंग्रेजी अक्षर S जस्तो
आन्ध्र महासागरमा रहेको रहस्यमय त्रिकोण कुन हो? – वर्मुडा त्रिकोण
वर्षेणी १ इन्चको दरले फैलिरहेको महासागर कुन हो? – आन्ध्र
वाणिज्य सागर भनेर कुन महासागरलाई चिनिन्छ? – आन्ध्र
आन्ध्र महासागरमा मिसिने मूख्य नदीहरु कुन कुन हुन्? – राइन¸ सेनेगल¸ नाइजर¸ कंगो¸ सेन्टलरेन्स¸ मिसिसिपि¸ अमेजन¸ अरिनोका

हिन्द महासागर
तेलको सागर भनेर कुन महासागरलाई चिनिन्छ? – हिन्द
दोस्रो गहिरो महासागर कुन हो? – हिन्द
हिन्द महासागरको सरदर गहिराई कति छ? – ३९०० मिटर
हिन्द महासागरले जलभागको कति भाग ओगट्छ? – २०.५%
हिन्द महासागरको सबैभन्दा गहिरो भाग कुन हो? – जाभा ट्रेन्च
जाभा ट्रेन्चको गहिराई कति छ? – ७४५० मिटर
हिन्द महासागरमा मिसिने नदीहरु कुन कुन हुन्? – मेकङ¸ मेनाम¸ गंगा¸ ब्रह्मपुत्र¸ इरावदी¸ सिन्ध¸ टिग्रिस¸ युफ्रेटस

कुमेरु महासागर
कुमेरु महासागरको सरदर गहिराई कति छ? – २४०० मिटर
कुमेरु महासारगरले कूल जलभागको कति प्रतिशत भाग ओगट्छ? – ७%
कुमेरु महासागरको आकार कस्तो छ? – वृत्ताकार
दक्षिण ध्रुवीय महासागर भनेर कुनलाई चिनिन्छ? – कुमेरु
कुमेरु महासागरको क्षेत्रफल कति छ? – २ करोड ४४ लाख वर्ग किमि

सुमेरु महासागर
सानो सुमेरु महासागरको क्षेत्रफल कति छ? – १ करोड ५१ लाख वर्ग किमि
सुमेरु महासागरको गहिराई कति छ? – १३३० मिटर
सुमेरु महासागरको गहिरो भाग कुन हो? – मोलिद्विप¸ ५६०८ मिटर
चिसो पानीको सागर भनेर कुन महासागरलाई चिनिन्छ? – सुमेरु र कुमेरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!