लोकसेवा प्रश्नोत्तर : विश्वको भूगोल

ByBibas Kulung

३० भाद्र २०७८, बुधबार ०८:५९ ३० भाद्र २०७८, बुधबार ०८:५९ ३० भाद्र २०७८, बुधबार ०८:५९ #लोकसेवा

एसिया महादेश
एसिया महादेशको लम्बाइ र चौडाइ कति छ? – चौडाई ८६०० किमि र लम्वाई ९६०० किमि ।
एसिया महादेशको क्षेत्रफल कति छ? – ४¸३९¸९९¸००० वर्ग किमि
एसिया महादेशको अवस्थिति अक्षांशको आधारमा वताउनुहोस् । – १०० दक्षिणी देखि ७८० उत्तरी अक्षांशसम्म
एसिया महादेश कति देशान्तरमा पर्छ? – २५० पूर्वी देशान्तरदेखि १७०० पश्चिमी देशान्तरसम्म
एसिया महादेशले पृथ्वीको स्थलभागको कति प्रतिशत भूभाग ओगटेको छ? – २९.९२ प्रतिशत
एसिया महादेशमा बसोवास गर्ने जनसंख्या विश्वको कति प्रतिशत छ? – ५९ प्रतिशत
विश्वको सबैभन्दा चिसो ठाउँ कुन हो? – रुसको भर्खोयान्स्क (-३४० से.)
एसिया र युरोपको विचमा रहेको पर्वत कुन हो ? – युराल पर्वत
विश्वको होचो भाग कुन हो? – मृतसागर (इजरायल)

अफ्रिका महादेश
अफ्रिका महादेश कति अक्षांशमा पर्छ? – ३७० उत्तरी देखि ३५० दक्षिणी अक्षांशसम्म
अफ्रिका महादेशको क्षेत्रफल कति छ? – २ करोड ९७ लाख ८५ हजार वर्ग किमि
अफ्रिका महादेशको अवस्थिति कति देशान्तरमा पर्छ? – २०० पश्चिमी देखि ५०० पूर्वी देशान्तरसम्म ।
अफ्रिका महादेशको लम्बाई कति छ? – ८००० किमि
अफ्रिका महादेशको चौडाइ कति छ? – ७४४० किमि
अफ्रिकाको घाँसे मैदानलाई के भनिन्छ? – भेल्ड
सबै युगको प्राचीनतम एवम् नविनतम संस्कृतिहरु पाइने महादेश कुन हो? – अफ्रिका
अफ्रिकाको अग्लो पहाड कुन हो? – किलिमाञ्जरो (५¸८९५ मिटर)

उत्तर अमेरिका महादेश
उत्तर अमेरिकाको अक्षांसीय अवस्थिति कति छ? – १०० उत्तरीदेखि ८०० उत्तरी अक्षांस
उत्तर अमेरिका महादेशको क्षेत्रफल कति छ? – २ करोड ४३ लाख वर्गकिमि
उत्तर अमेरिकाको देशान्तरीय अवस्थिति कति छ? – २०० पश्चिमदेखि १६०० पश्चिमी
उत्तर अमेरिकाको लम्बाई कति रहेको छ? – ७२०० मिटर
उत्तर अमेरिकाको सरदर चौडाइ कति छ? – ४८०० मिटर
उत्तर अमेरिकाको दक्षिणमा कुन नहर पर्छ? – पनामा नहर
कोलम्बसले उत्तर अमेरिका कहिले पत्ता लगाए? – सन् १४९२
नयाँ संसार भनी कुन महादेशलाई चिनिन्छ? – उत्तर अमेरिका
उत्तर अमेरिकाले विश्वको कूल क्षेत्रफलको कति भाग ओगटेको छ? – १६.९ प्रतिशत
दक्षिण अमेरिका महादेश
दक्षिण अमेरिकाको आक्षांशीय अवस्थिति कति हो? – १२० उत्तरी देखि ५६० उत्तरी अक्षांश
दक्षिण अमेरिकाको क्षेत्रफल कति रहेको छ? – करिव १ करोड ७८ लाख वर्ग किमि
दक्षिण अमेरिकाको देशान्तरीय अवस्थिति कति हो? – ३५० पश्चिमदेखि ८०० पश्चिम
दक्षिण अमेरिका महादेशको सरदर लम्बाइ कति रहेको छ? – ७४४२ किमि
दक्षिण अमेरिका महादेशको सरदर चौडाइ कति छ? – ५२२१ किमि
विश्वकै सबैभन्दा अग्लो झरणा एन्जल झरणा कहाँ पर्छ? – भेनेजुयला
दक्षिण अमेरिकाको सबैभन्दा उचाइमा रहेको ताल कुन हो? – टिटिकाका (३८१० मिटर)
दक्षिण अमेरिका महादेशको सबैभन्दा अग्लो स्थान कुन हो? – माउन्ट एकान्कागुआ (६९६३ मिटर¸ अर्जेन्टिना)
दक्षिण अमेरिकाको होचो भूभाग कुन हो? – Peninsula Valdes (-४० मिटर)
विश्वको सबैभन्दा लामो पर्वतमाला कुन हो? – एण्डिज पर्वतमाला
अर्जेन्टिनामा फैलिएको घाँसै मैदानलाई के भनी चिनिन्छ? – पेम्पाज
दक्षिण अमेरिकाको लामो नदी कुन हो? – अमेजन नदी
दक्षिण अमेरिकाको सानो देश कुन हो? – ट्रिनिडाड एण्ड टोबागो
दक्षिण अमेरिकाले विश्वको कति भाग भुभाग ओगट्छ? – ११.९ प्रतिशत
दक्षिण अमेरिकाको सबैभन्दा ठूलो ताल कुन हो? – माराकाइवा
अन्टार्कटिका महादेश
अन्टार्कटिका महादेशको क्षेत्रफल कति छ? – १ करोड ३० लाख वर्ग किमि
अन्टार्कटिका महादेशले विश्वको भूभागको कति भाग ओगटेको छ? – ८.९%
अन्टार्कटिका महादेशको अक्षांशीय अवस्थिति कति छ? – १६० दक्षिणी देखि ९०० दक्षिणी आक्षांश
अन्टार्कटिका महादेश कति देशान्तरमा पर्छ? – ११४० पूर्वी देशान्तर देखि १५३० पूर्वी देशान्तरसम्म

युरोप महादेश
युरोप महादेशको लम्बाई कति छ? – ६४०० किमि
युरोप महादेशको चौडाइ कति छ? – ४८०० किमि
युरोप महादेशको क्षेत्रफल कति छ? – १ करोड ४ लाख ९८ हजार वर्ग किमि
युरोप महादेशको अक्षांशीय अवस्थिति कति छ? – ३६० उत्तरीदेखि ७१० उत्तरी अक्षांशसम्म
युरोप महादेशको देशान्तरीय अवस्थिति कति छ? – २०० पश्चिमीदेखि ६५० पश्चिमी देशान्तर
युरोप महादेशको अग्लो भूभाग कुन हो? – माउण्ट एल्ब्रुज¸ ५६३३ मि (रुस)
युरोप महादेशको होचो भूभाग कुन हो? – क्यास्पियन समुद्री तट
युरोप महादेशमा भू परिवेष्ठित राष्ट्र कतिवटा छन्? – १८ वटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!