क्रान्ति सम्बन्धी महान १५ भनाइ

ByBibas Kulung

३ कार्तिक २०७८, बुधबार १०:१० ३ कार्तिक २०७८, बुधबार १०:१० ३ कार्तिक २०७८, बुधबार १०:१० #क्रान्ति, #महान भनाइ, #सफलता


म क्रान्तिको भोको छु, क्रान्तिले मेरो छाक टार्न अझ बाँकी नै छ । –महाकवि देवकोटा
क्रान्ति उठ्न मनुज थिचिदा हुरी भै विषय ज्वाला । –महाकवि देवकोटा
क्रान्ति भनेको उत्पादनप्रणाली र उत्पादनसम्बन्धको हल गर्नु हो । –कार्लमाक्र्स
हामीले सधैँ भनेको छौँ हामी विश्वक्रान्तिको साङलोको एउटा कडी मात्र हौँ । –भी. आई. लेनिन
क्रान्ति सफल पार्न अजंगका सय वर्ष पार गर्नुपर्दछ । –माओत्सेतुङ
क्रान्ति आफैले आफनो विकासक्रममा सधैँ नै असाधारण जटिल परिस्थितिको सिर्जना गर्दछ । –भी. आई. लेनिन
सुधारको प्रारम्भ भनेको क्रान्तिको सुरुआत हो । –अज्ञात
सिद्धान्त एउटा वर्गबाट अर्कोमा राज्यसत्ता जानु क्रान्तिको पहिलो प्रधान र आधारभूत लक्षण हो । –भी. आई. लेनिन
क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ । –प्लेटो
क्रान्तिपछि राजनीति एउटा सामाजिक विकास र पुर्नस्थापनाको साधन बन्न जान्छ । –कार्लमाक्र्स
मानिस संसारमा समृद्ध हुनुपर्दछ, समृद्ध हुनलाई पहिले विचार बदल्नुपदृछ वा समृद्धिको पहिलो सर्त विचारमा क्रान्ति ल्याउनु हो । –स्वेटमार्डन
पुजीँवादी राज्यसत्ताको ठाउँमा सर्वहारावादि राज्यवादी राज्यवासत्ताको स्थापना र हिंसापूर्ण क्रान्तिविना असम्भव छ । –भी.आई लेनिन
जब सिंहासनमा प्रतिक्रान्ति गर्दछ, तब पूरा जनता अधिकारमा साथ त्यसको जवाफ क्रान्तिद्धारा दिने गर्दछन् । –कार्लमाक्र्स
यदि श्रमिक जनता आफनो पार्टिबाट असन्तुष्ट भएमा उनीहरुले अरु प्रतिनिधिहरुलाई चुन्न, अर्को पार्टिलाई सत्ता हस्तान्तरण गर्न र कुनै क्रान्तिविना नै सरकार परिवर्तन गर्न सक्दछन् । –भी. आई लेनिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!