पुट्ट पेट घटाउने १० घरेलु उपाय

ByBibas chetan

२ श्रावण २०७५, बुधबार ०२:५२ २ श्रावण २०७५, बुधबार ०२:५२ २ श्रावण २०७५, बुधबार ०२:५२

१. यदि तपार्इंलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

२. बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दोब्बर हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।

३. खानामा दालचिनी, अदुवा, लसुन र मरिच प्रयोग गर्दा पेट बढ्ने सम्भावना कम हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।

४. शारीरिक परिश्रमका आधारमा खाना खानुहोला । धेरै काम गर्नुहुन्छ भने धेरै खाना जरुरत पर्छ ।

५. खाना खाँदा उमेरको पनि ख्याल गर्नुहोला । बढ्ने उमेरमा खानाको आवश्यकता बढी पर्छ । यदि ४० वर्ष पार गर्नुभएको छ भने चिकित्सक वा डाइटिसियनको सल्लाहअनुसार खाना खानु राम्रो हुन्छ ।

६. बिहानको खाना धेरै खादा फरक पर्दैन ।

७. खानामा फल र सागसब्जी खानुहोस् । बिहान–बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, खनिज र भिटामिन पनि प्राप्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!