प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त

ByBibas chetan

३ भाद्र २०७५, आईतवार १८:५७ ३ भाद्र २०७५, आईतवार १८:५७ ३ भाद्र २०७५, आईतवार १८:५७

३ भदौ, काठमाडौं । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्न सिफारिस गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

उनलाई भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापति नियुक्त हुनेछन् । भदौ २३ गतेसम्म राजेन्द्र क्षत्रीको पदावधि रहेकाले त्यसपछि थापा प्रधानसेनापति हुनेछन् । प्रधानसेनापति क्षत्री साउन २३ गतेदेखि विदामा बसेपछि थापाले नै कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए । मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्च पुनरावलोकन आयोगको अध्यक्षमा डा. डिल्लीराज खनाललाई नियुक्त गरेको छ । आयोगमा ५ जना सदस्य पनि नियुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!