काठमाडौं । त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
अहिले जिपिए ३.० भन्दा कम ल्याउने विद्यार्थीलाई फेल भएको भन्दै त्रिविले ट्रान्सक्रिप्ट दिन रोकेपछि सयौँ विद्यार्थी आक्रोशित बनेका छन् । जबकि, उनीहरूसँग प्रत्येक सेमेस्टरमा पास भएको ग्रेडसिट छ ।