सरकारी स्कुलमा पढे सुविधै सुविधा

ByBibas chetan

७ भाद्र २०७५, बिहीबार ०९:१४ ७ भाद्र २०७५, बिहीबार ०९:१४ ७ भाद्र २०७५, बिहीबार ०९:१४

काठमाडौं । सरकारी विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरे सुविधै सुविधा पाइने भएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

मानव सुचकांकको दृष्टीकोणले पछाडी परेका र अन्य विद्यार्थीलाई लक्षित गरी विभिन्न सुविधासहित निशुल्क शिक्षा दिन लागिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलद्वारा संसदमा दर्ता गरिएको अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा यस्तो सुविधा दिने बताइएको छ ।

विधेयकको २२ देखि २७ दफामा आधारभुत र माध्यामिक तहमा भर्ना भएका र पढ्दै गरेका विद्यार्थीलाई पाठ्यपुस्तक, पोशाक, दिवाखाजा, शैक्षिक सामाग्री र प्राथमिक स्वाथ्य उपचार लगायतका सेवा निःशुल्क दिने उल्लेख छ । विद्यार्थीलाई सबै सुविधा दिने जिम्मा स्थानीय तहलाई तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!