निशान भट्टराईको स्वरमा ‘छक्का पञ्जा ३’ को अर्को गीत आयो

ByBibas chetan

२५ भाद्र २०७५, सोमबार १८:४९ २५ भाद्र २०७५, सोमबार १८:४९ २५ भाद्र २०७५, सोमबार १८:४९

काठमाडौं : नेपाल आइडलका फस्ट रनरअफ निशान भट्टराईले ‘छक्का पञ्जा ३’ को गीत गाएका छन् । फिल्मको दोस्रो गीतको रुपमा आइतबार ‘पछि उमेर ढल्किन्छ, फेरि कालै पल्किन्छ’ बोलको गीत र भिडियो सार्वजनिक भएको हो।’

गीतमा निशान भट्टराईसँगै र एन्जिला रेग्मीको स्वर रहेको छ । अर्जुन पोखरेल र दीपकराज गिरीको रचना रहेको गीतमा अर्जुन पोखरेलले संगीत गरेका छन भने गीतको एरेन्जर महाराज थापा रहेका छन् ।

कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा दीपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तमाङको अभिनय देख्न सकिन्छ। छक्का पञ्जा ३ को गीत ‘पहिलो नम्बरमा’ एक महिना अघि नै सार्वजनिक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!