दुधकोशी नदिमा अस्थाई पुल

ByBibas chetan

२२ मंसिर २०७५, शनिबार १४:५० २२ मंसिर २०७५, शनिबार १४:५० २२ मंसिर २०७५, शनिबार १४:५०

सोलुखुम्बु, मंसिर २२ गते । थुलुङ दुधकोशी पाउपालिका र माप्यदुधकोशी गाउपालिको जोड्ने दुधकोशी नदिमा अस्थाई पुल निर्माण सम्पन्न भएको छ । दुधकोशी नदिमाथी ह्युमपाईप विछ्याएर अस्थाई पुल निर्माण गरिएको माप्यदुधकोशी गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिनेश कुमार राईले बताउनु भयो ।
माप्य दुधकोशी गाउपालिका वडा नम्बर ६ वाकुको २५ लाख लागतमा निर्माण सम्पन्न भएको वडाध्यक्ष राईले बताउनु भयो । ‘भौगोलिक रुपमा विकट वाकुमा सडक सञ्जाल जोडिएको भएपनि यातायात सञ्चालन हुन नसकेकोले ह्युमपाईउ लागाएर सडक सञ्चालन गरिएको छ ।’ माप्यदुधकोशी गाउपालिका ६ वाकुमा पहिलो पटक सावारी साधन प्रवेश गरेपनि स्थानीयले भव्य स्वागत गरेका छन् ।
दुधकोशीमा पानीको वहाव कम भएसँगै लागाईएको पाईप जेठपनि निकालि अर्काे वर्ष पनि प्रयोग गरिने वडाध्यक्ष राईले बताउनु भयो । पहिलो पटक वाकुमा यातायातको साधन पुगेसँगै खाद्यान्न सस्तिएको स्थानीयले बताएका छन् ।
गाउपालिकाको वडा नम्बर ६ भौगोलिक रुपमा विकट हुनुका साथै साधनले दुधकोशी नदि तर्न नसक्दा समस्या भएपनि ह्युमपाईप राखिएसँगै समस्याको समाधान भएको वडाध्यक्ष राईले बताउनु भयो । दुधकोशी नदि माथि बनाईएको अस्थाई मार्गको उद्घाटन माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले गर्नु भएको हो भने उक्त कार्याक्रममा सयौ स्थानीयहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!