सुन्दर रहन कुन भिटामिनको के भूमिका ?

ByBibas chetan

२३ मंसिर २०७५, आईतवार १४:३० २३ मंसिर २०७५, आईतवार १४:३० २३ मंसिर २०७५, आईतवार १४:३०

छालालाई पुन मर्मत गर्न भिटामिन एको महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन ए खानेकुरामार्फत प्राप्त गर्न खानामा ब्रोकाउली, एभोकाडो, सख्खरखण्ड, गाजर, पालुङ्गो, तरबुजा वा खरबुजा नियमित सेवन गर्नुपर्छ ।

भिटामिन बी : भिटामिन बीमा नायसिनआइड नामक तत्व पाइन्छ जुन मानिसका लागि अति नै गुणकारी हुन्छ । भिटामिन बीयुक्त क्रिम तथा लोसनले अनुहारमा देखापर्ने रातोपन वा खराबी निर्मूल पार्छ । भिटामिन बी कुखुराको मासु, टुना, सलगम, बदाम, ब्राउन राइस, हरियो केराउ, जौ, च्याउ, खरबुजा एवं सनफ्लावरको दाना आदिबाट प्राप्त गर्न सकिन्छ ।

भिटामिन सी : भिटामिन सीमा छालामा चमक पैदा गर्ने तत्व हुन्छ । यसले दाग–धब्बालाई पूर्णरूपमा हटाउँछ । यो भिटामिनले क्लोजनको निर्माण गर्छ । एभोकाडो, ब्रोकाउली, टमाटर, काँक्रा, कागती, स्ट्रबेरी आदिबाट भिटामिन सी प्राप्त गर्न सकिन्छ ।

भिटामिन ईः भिटामिन ईले छालालाई हानिकारक कीटाणुहरूबाट जोगाउँछ । छालालाई हरेक कुराबाट सुरक्षा प्रदान गर्न भिटामिन ईको ठूलो भूमिका हुन्छ । भिटामिन ईले क्लोजन उत्पादन गर्छ र बूढो हुँदै गएको छालालाई तरोताजा राख्छ । भिटामिन ई प्राप्त गर्न बदाम, अण्डा, काँचो मेवा, हरियो साग, अनाज आदि खानेकुरा खानुपर्छ ।

-एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!