सोलुखुम्बुको तापक्रम माईनस दुई

ByBibas chetan

२३ मंसिर २०७५, आईतवार २१:१७ २३ मंसिर २०७५, आईतवार २१:१७ २३ मंसिर २०७५, आईतवार २१:१७

सल्लेरी, मंसिर २३ गते । सोलुखुम्बुमा अत्यधिक चिसो बढेको छ । आज विहानको तापक्रम माईनस २ रहेको वागवानी केन्द्र सोलुखुम्बुको तथ्याङ्क रहेको छ । चिसो बढेसँगै जनजिवन प्रभावित बनेको छ ।
पर्यटकिय जिल्ला सोलुखुम्बुमा चिसोका कारण जनजविन प्रभावित बनेको छ । चिसो बढेसँगै पर्यटक, व्यवशायी, स्थानीय तथा कर्मचारी सबै प्रभावित भकएका छन् । मौसम अत्यधिक चिसो हुन थालेपछि दाउरा व्यवस्था, खाद्यान्न ढुवानी तथा होटल पुनःनिर्मााण र मर्मत जस्ता काम प्रभावित भएकोले अहिले कसैले काम गर्न नसकेकोले होटलभित्रै बस्नुपर्ने बाध्यता रहेको खुम्जुङका टसी शेर्पाले बताउनु भयो ।
अहिले सदरमुकाम क्षेत्रमा हिउदे विदा नभएकोले विशेष गरेर विद्यार्थीहरुलाई समस्या भएको बताइएको छ । सोलुखुम्बुका मध्ये चिसोमा माईनस ९ सम्म तापक्रम झर्ने गरेको वागवानी केन्द्रको तथ्याङ्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!