नेविसंघ सोलुको जिल्ला अविधेशनका लागि आ–आफ्नै तयारी, सहमतिको प्रयास गरिने

ByBibas chetan

२१ पुष २०७५, शनिबार ११:४६ २१ पुष २०७५, शनिबार ११:४६ २१ पुष २०७५, शनिबार ११:४६

सोलुखुम्बु, पुस २१ गते । नेपाल विद्यार्थी संघ सोलुुखुम्बुको जिल्ला अबिधेशनका लागि गुटगत अभ्यास भईरहेको छ । कांग्रेस नेता बल बहादुर केसी पक्षधरले आगामी पुस २७ गतेसम्म सम्पुर्ण स्थानीय तहमा अविधेशन सक्ने गरि तयारी थालेसंगै अर्का नेता आङगेलु शेर्पा पक्षधरका नेताहरुले पनि जिल्ला अविधेशनको तयारी थालेका छन् । अहिले केन्द्रले खटाएका दुई प्रतिनिधि र दुवै पक्षधरका शीर्ष नेताहरुसँग सहमतिवाटै अविधेशन गर्ने गरि छलफल चलिरहेको सोलुखुम्बुका लागि खटिएका एक प्रतिनिधि डा. अब्दुल हुसेन अन्सारीले बताउनुभयो । उहाँले विवादित जिल्लाका लागि केन्द्रले दुईजना प्रतिनिधि खटाएकाले अर्का प्रतिनिधि कमल बुढासंग छलफल भईरहेको र क्याम्पस तथा विद्यालय खुल्नासाथ जिल्ला आउने बताउनुभयो । यता, कमल बुढा सोलुखुम्बु आएर अबिधेशनको क्रियाकलाप अघि बढाएको शेर्पा पक्षधर विद्यार्थी नेताहरुले असन्तुष्टि जनाएका छन् । तर डा. अन्सारीलाई अर्का प्रतिनिधि बुढाले जिल्ला आउनका लागि आग्रह गरेपनि अस्विकार गरेको बुढालाई उदृत गर्दै केसीपक्षधरका विद्यार्थी नेता अश्विनबाबु थापाले जानकारी दिनुभयो । जिल्लालाई विवादमुक्त गराउन सहमतिवाटै जिल्ला अविधेशन गर्ने पक्षमा शेर्पा पक्षधर विद्यार्थीहरु देखिएका छन् । पेलेरै जान खोजे समानान्तर समिति बनाएरै छाड्ने उनीहरुले बताएका छन् । विद्यार्थी नेता बाबुराम आचार्यले नेविसंघलाई एक बनाउनुपर्छ भन्नेमा आफूहरु सचेत रहेकाले सामूहिक छलफलवाट समाधान खोज्नुपर्ने बताउनुभयो । उद्यपी, केसी पक्षधरका विद्यार्थी नेताहरुले क्याम्पस, विद्यालय र स्थानीय तहमा अबिधेशन गराउनका लागि भन्दै प्रतिनिधि खटाएका छन् । सहमतिकै लागि जिल्ला अविधेशन नतोकिएको र सहमतिको प्रयास गर्ने नेता थापाले बताउनुभयो । जिल्लामा नेविसंघ दुई धारमा विभाजित भएपछि २०७१ सालमा भएको जिल्ला अविधेशनले समानान्तर समिति गठन गरेको थियो । सो समयमा शेर्पा पक्षले सल्लेरी र केसी पक्षका विद्यार्थीले नेलेमा अविधेशन गरि समिति बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!