अवको तीन दिन, कुन दिन कस्तो मौसम ?

ByBibas chetan

२४ माघ २०७५, बिहीबार १०:३३ २४ माघ २०७५, बिहीबार १०:३३ २४ माघ २०७५, बिहीबार १०:३३

काठमाडौं, २४ माघ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि तीन दिनसम्म काठमाडौँसहित देशभर वर्षा हुने जनाएको छ ।

पश्चिमी न्यून चापीय वायु भित्रिएकाले शनिवारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरिएको हो । ‘मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश गर्‍यो,’ मौसमविद् सुवास रिमालले भने, ‘हिँउदमा कहिले कम र कहिले प्रभावशाली भएर आउने पश्चिमी न्यून चापीय प्रभाव यो वर्ष प्रभावशाली भएर भित्रिएको छ ।’

मंगलबार दिउँसो भित्रिएको पश्चिमी न्यूनचापीय प्रभावका कारण बुधबार दिउँसोदेखि पश्चिमी नेपालमा मध्यम वर्षा भएको मौसमविद् सुवास रिमालले बताएका छन् । बिहीबार काठमाडौँ उपत्यकासहित पश्चिमी क्षेत्रमा यस्तै वर्षा हुने । पश्चिमी हिमाली क्षेत्रमा एक दुई स्थानमा हिमपात हुन सक्ने । बिहीबारबाटै वर्षा शुरु भई शुक्रबारसम्म रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!