महिला र पुरुषबीच समानता भएका विश्‍वका छ देश

ByBibas chetan

२५ फाल्गुन २०७५, शनिबार ०५:४७ २५ फाल्गुन २०७५, शनिबार ०५:४७ २५ फाल्गुन २०७५, शनिबार ०५:४७

विश्वमा रहेका १९५ देश मध्ये कति देशमा महिला र पुरुषबीच समानता छ ? धेरैलाइ अनुमान हुन सक्छ, विकसित सबै देशमा समानता हुन सक्छ । तर हालै विश्व बैंकले १८७ देशमा अध्ययन गरेको प्रतिवेदन अनुसार विश्‍वका ६ वटा देशमा मात्र समानता रहेको छ ।
आर्थिक र कानुनी असमानता, मातृत्व, घरेलु हिंसा र सम्पत्ति व्यवस्थापन अधिकार जस्ता पछिल्ला दश वर्षको तथ्यांकको आधारमा अध्ययन गरेको थियो ।
अध्ययन अनुसार बेल्जियम, डेनमार्क, फ्रान्स, लाट्भिया, लक्जमबर्ग र स्वीडेनमा मात्र महिला र पुरुषबीच कुनै विभेद रहेको पाइएन । यी देशमा आर्थिक र कानुनी आधारमा महिला र पुरुषबीच समानता रहेको छ ।
अध्ययन प्रतिवेदन अनुसार नेपालले ५३.१३ प्रतिशत अंक प्राप्त गरेको छ भने साउदी अरेबियाले २५.६५ अङ्क प्राप्त गर्दै सूचिको सबभन्दा अन्तमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!