हावाहुरीका कारण २७ को ज्यान गयो, मृतकका परिवारलाई राहत, घाइतेको उपचार निःशुल्क

ByBibas chetan

१८ चैत्र २०७५, सोमबार ०८:४९ १८ चैत्र २०७५, सोमबार ०८:४९ १८ चैत्र २०७५, सोमबार ०८:४९

आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २७ भन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्जलगायतका अस्पतालमा ४०० भन्दा बढी घाइते उपचाररत छन् ।

उपचारका क्रममा थप केही घाइतेको समेत निधन भएका समाचार आइरहेका छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मी रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् ।
प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाको वासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने बैठकले निर्णय गरेको छ ।

प्रदेश २ को मन्त्रिपरिषद् बैठकले हावाहुरीमा ज्यान गुमाउनेका परिवारलाई ३ लाखका दरले राहत दिने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरषदको आकिस्मक बैठकले ज्यान गुमाउनेका परिवारलाई राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । घाइतेको उद्धार उपचारलगायतका काममा कर्मचारी खटाउने निर्णय गरेको हो ।

आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति पुगेपछि प्रदेश नम्बर २ सरकारको मन्त्रिपरिषद बैठक बसेको हो ।

सोमबार उज्यालो हुनेबित्तिकै उद्दारको काम तीव्र रुपमा भैरहेको छ । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!