लेक लागेर तीनदिनभित्र दुई जनाको मृत्यु

ByBibas chetan

२५ चैत्र २०७५, सोमबार ०८:१९ २५ चैत्र २०७५, सोमबार ०८:१९ २५ चैत्र २०७५, सोमबार ०८:१९

सोलुखुम्बु, चैत २५ गते । सोलुखुम्बुमा लेक लागेर तीनदिनभित्र दुई जनाको ज्यान गएको छ । लेक लागेर एक नेपाली पर्यटक भरिया र पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार सोलुखुम्बुको थुक्लामा लेक लागेर एक भरियाको मृत्यु भएका तीनदिनपछि आईतबार स्पेनिस नागरिकको पनि लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
खुम्बुपासाङल्हामु गाउँपालिका ४ थुक्लामा अमर बहादुर राईको होटलमा लेक लागेर महाकुलुङ गाउँपालिका १ का जयराम कुलुङको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । पर्यटक भरियाको रूपमा नाम्चेबाट सगरमाथा आधारशिविर जानेक्रममा मृत्यु भएको सोलुखुम्बुका प्रहरी प्रमुख शालीग्राम शर्माले बताउनुभयो ।
त्यस्तै सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक स्पेनिश नागरिकको ज्यान गएको छ । खुम्बु पासङ ल्हमु गाउपालीका ५ लुङदेमा आईतबार लेक लागेर अलबेटोको ज्यान गएको हो । लुक्लाबाट ७ जनाको टिम आधारशिविर तर्फ जादै गर्दा बाटैमा विरामी परेका उनलार्ई थ्रिपास गेस्ट हाउसमा लगेकोमा सोही होटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
एसियन एट्भेन्चर एक्सपेडिसन ट्रेक्स प्रालि मार्फत नेपाल भ्रमणमा आएका ७ जना विदेशी नागरिक मध्ये अलबेटोको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!