अपाङ्गतामैत्री विद्यालय भवन निर्माण

ByBibas chetan

१८ चैत्र २०७५, सोमबार ०७:३२ १८ चैत्र २०७५, सोमबार ०७:३२ १८ चैत्र २०७५, सोमबार ०७:३२

गोरखा नगरपालिका–३ नारेश्वरमा करीब रु ७५ लाखको लागतमा अपाङ्गतामैत्री विद्यालय भवन निर्माण भएको छ ।

भूकम्पले क्षति पु¥याएको विन्ध्यावासिनी माध्यामिक विद्यालयको नवःनिर्मित भवन अपाङ्गतामैत्री बनेको हो । कूल रु ७५ लाख ४६ हजारका लागतमा भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वनय एकाइ (शिक्षा)का प्रमुख रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।

फरक क्षमता भएका बालबालिकासमेत पठनपाठन गर्दै आएको उक्त विद्यालयमा भवन अभावका कारण विद्यार्थीलाई समस्या हुँदै आएको थियो । पाँचकोठे अपाङ्गतामैत्री भवन निर्माण भएसँगै उक्त विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई पनि अध्ययनका लागि सजिलो भएकोे विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष टीकाराम बस्नेतले बताउनुभयो ।

विद्यालयले उनीहरुलाई आवासीय सुविधासहित पठनपाठनको व्यवस्थापन गर्दै आएको छ । भवन निर्माणका लागि आइएनएफ नामक गैरसरकारी संस्थाले सहयोग गरेको थियो । २०७२ सालको विनाशकारी गोरखा भूकम्पले विद्यालयको भवन पूर्णरुपमा क्षति भएपछि उक्त संस्थाले सो विद्यालय भवन निर्माण गरिदिएको हो ।

-रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!