हावाहुरी पीडितको घर नेपाली सेनाले बनाईदिने

ByBibas chetan

२२ चैत्र २०७५, शुक्रबार ०६:०० २२ चैत्र २०७५, शुक्रबार ०६:०० २२ चैत्र २०७५, शुक्रबार ०६:००

काठमाडौं : पर्सा र बारामा आएको हावाहुरीले भत्काएका घर सरकारले निर्माण गर्ने भएको छ । नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाका अनुसार सरकारले घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ ।
त्यस्तै उक्त निर्माण कार्य सहजिकरणको mागि ५ सदस्यिय सहजीकरण समिति नि सरकाले गठन गरेको छ । प्रदेश नम्बर २ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी , रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेनाको प्रतिनिधि र शहरी विकासको प्रतिनिधि रहेको ५ सदस्यीय समिती गठन गरिएको नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोताले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!