गैरसरकारी संस्थाले बनाए १६ हजार घर

ByBibas chetan

१३ बैशाख २०७६, शुक्रबार ०५:४५ १३ बैशाख २०७६, शुक्रबार ०५:४५ १३ बैशाख २०७६, शुक्रबार ०५:४५

भूकम्पछिको पुनर्निर्माणमा एनजीओ तथा आईएनजीओले उलेख्य उपलब्धि हासिल गरेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । प्राधिकरणले २ सय २ गैरसरकारी संस्थासँग निजी आवास पुनर्निर्माणका लागि सम्झौता गरेको थियो ।

प्राधिकरणसँगको सम्झौताअुनसार गैरसरकारी संस्थाले २१ हजार ९ सय ४२ वटा निजी आवास पुनर्निर्माण गर्ने सम्झौता गरेका थिए । प्राधिकरणसँगको सम्झौताअनुसार गैरसरकारी संस्थाले १५ हजार ८ सय ८६ घरको पुनर्निर्माण गरेका छन् ।

गैरसरकारी संस्थाले १३ वटा जिल्लामा पुनर्निर्माणका लागि प्राधिकरणसँग सम्झौता गरेका थिए । करिब २२ हजार घरमध्ये २० हजार घरले पुनर्निर्माणको पहिलो किस्ता बुझिसकेका छन् ।

निजी आवास पुनर्निर्माणका लागि गैरसरकारी संस्थासँग सम्झौता भएको ५७ अर्ब रुपैयाँमध्ये २७ अर्ब रुपैयाँ खर्च भएको छ ।

त्यस्तै, गैरसरकारी संस्थाले भूकम्प प्रभावित क्षेत्रका ५५ हजार नागरिकलाई विभिन्न सिपमूलक तालिम दिएको प्राधिकरणको तथ्याकंले देखाएको छ । गैरसरकारी संस्थाले सिर्कमी, डकर्मीलगायतका तालिम दिएका छन् ।

प्राधिकरणले पनि भूकम्पमा क्षतिग्रस्त भएका निजी घरमध्ये ५० प्रतिशत घर पुनर्निर्माण गरेको बताएको छ । यसले ७ लाख ६२ हजार ३ सय ७ घरसँग पुनर्निर्माण सम्झौता गरेको थियो । जसमध्ये ३ लाख ८२ हजार २ सय ७७ घरको पुनर्निर्माण सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!