तीन बिरामीलाई रातो कार्ड

ByBibas chetan

२३ चैत्र २०७५, शनिबार ०७:५० २३ चैत्र २०७५, शनिबार ०७:५० २३ चैत्र २०७५, शनिबार ०७:५०

सोलुखुम्बु, चैत २३ गते । सोलुखुम्बुको सोताङमा सम्पन्न स्वास्थ्य शिविरबाट तीन जना दिर्घरोगीहरुलाई निःशुल्क औषधी प्राप्त गर्ने रातो कार्ड वितरण गरिएको छ । सोताङ गाउपालिकाले ल्याएको दिर्घरोगीलाई सस्तो सेवा कार्यक्रम अन्र्तगत वितरण गरिएको हो ।
त्यस्तै घुम्ति स्वास्थ्य शिविरमा ५ सय ८८ जनाले परिक्षण गराएका छन् । गाउँपालिकाको वडा नम्बर ३ मा सम्पन्न शिविरबाट १०१ जना महिलाले पाठेघरको जाँच गराएकोसोताङ गाउँपालिका स्वास्थ्य संयोजक श्रीध्वज राईले बताउनुभयो । त्यस्तै १ जनामा मधुमेह, १० जना दम, इन्प्लान्ट ३, दाँतसम्बन्धि २२ र उच्च रक्तचाप भएका बिरामी १६ जनाले सेवा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!