हरेक दम्पती कोखमा सन्तान हुर्काउन चाहन्छन् । जब सन्तानको जन्म हुन्छ, एउटा परिवारको रचना हुन्छ । श्रीमती र श्रीमान् कसैको बुवा-आमा बन्छन् । र, त्यसपछि उनीहरु थप परिपक्क र जिम्मेवार बन्छन् ।
गर्भ रहनु नै दम्पतीको लागि एक सुखद कुरा हो । जब श्रीमती गर्भवती हुन्छन्, यसले दम्पतीलाई बेग्लै खुसी दिलाउँछ । तर, खुसी र उत्सुकतासँगै उनीहरु केही भयाभित पनि हुन्छन् । बच्चा कस्तो जन्मिएला ? उनीहरुमा जन्मजात दोष देखिएला कि ? यस कुराले दम्पतीलाई सतर्क गराउँछ नै । किनभने बच्चाको जन्मजात दोष हुनुमा उनको गल्ती वा कमजोरी होइन, दम्पतीको दोष हो ।
बच्चा र आमाको स्वास्थ्य
यदि आमाबुवा मुटुको रोगी वा मधुमेहले ग्रस्त छन् भने, बच्चामा पनि त्यस्तो समस्या सर्न सक्छ भन्ने भनाई छ । यो भनाईमा कति सत्यता छ ? त्यो त छुटै विषय बन्न सक्ला । यद्यपी आमाबुवाको कतिपय गल्ती, कमजोरीको असर गर्भको बच्चालाई चाहि हुन्छ नै ।
त्यसैले बच्चा जन्मनुअघि परीक्षण गर्नु उपयोगी हुन्छ । जब बच्चा जन्माउने योजना बनाइन्छ, त्यसअघि नै जेनेटिक टेस्ट गराउनुपर्छ ।
के हो जेनेटिङ टेस्टिङ ?
जेनेटिङ टेस्ट सामान्यत कुनै व्यक्तिको डिएनए वा क्रोमोजोम्स जाँच्नका लागि गरिन्छ । यसले व्यक्तिको जेनेटिक स्वस्थ्यस्थितीको पुरा जानकारी मिल्छ । कतै उनमा कुनै जेनेटिक समस्या त छैन ? किनभने जेनेटिक समस्या भएमा उनको गर्भबाट जन्मने बच्चामा पनि जेनेटिक डिअसर्डर हुने संभावना रहन्छ ।
जेनेटिक टेस्टले के थाहा हुन्छ ?
जेनेटिक टेस्टिङको सहयोगले यस कुरा थाहा हुन्छ कि, तपाईंका् जीनमा कुनै विकार छ वा छैन ? यस परीक्षणबाट जेनेटिक विकारको पहिरचान गर्नका लागि रगत वा शरीरको कुनै भागको सानो नमुना लिएर तयसको विश्लेषण गरिन्छ । त्यसबाट जीनको गुणसूत्र, जीन र प्रोटिनको संरचनामा परिवर्तनबारे पहिरन गर्न सकिन्छ ।
फाइदा र जोखिम
गर्भ रहनुअघि जेनेटिक जाँचबाट भविष्यमा हुनसक्ने जोखिमलाई टार्न सकिन्छ । त्यसो त जेनेटिङ टेस्टिङ कहिले काहीँ तनावपूर्ण पनि हुनसक्छ । यसले परिवारले लुकाएको कतिपय रहस्य बाहिर आउन सक्छ ।
गर्भावस्था र बच्चा
गर्भ रहेपछि बच्चाको गर्भवतीले आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्छ । किनभने गर्भवतीको शारीरिक अवस्था, आनीबानीको प्रत्यक्ष प्रभाव गर्भको बच्चामा पर्छ । कतिसम्म भने, गर्भवतीको सोंच चिन्तनले पनि बच्चामा केही न केही प्रभाव पारिरहेकै हुन्छ ।
त्यसैले गर्भावस्थामा खानपान, शारीरिक स्वास्थ्य आदिमा ध्यान दिनुका साथै मानसिक स्वस्थ्यमा पनि ध्यान दिनुपर्ने बताइन्छ ।
मदिराजन्य खानेकुरा, सूर्ती वा चुरोट सेवन, अस्वस्थ्यकर खानपान आदिले गर्भको बच्चालाई असर गर्छ । गर्भवतीले पोषिलो, सुपाच्य, सन्तुलित खानेकुरा सेवन गर्नुपर्छ । शारीरिक रुपमा पनि सक्रिय रहनुपर्छ । गर्भावस्थामा गरिने कतिपय व्यायामले गर्भको बच्चालाई प्रभाव पार्छ ।
यसैगरी गर्भवतीले तनावमुक्त जीवन विताउनुपर्छ ।