खुलामञ्चमा चल्याे डाेजर

ByBibas chetan

१४ बैशाख २०७६, शनिबार २१:१५ १४ बैशाख २०७६, शनिबार २१:१५ १४ बैशाख २०७६, शनिबार २१:१५

काठमाडौंकाे खुलामञ्चमा महानगरपालिकाले डाेजर चलाएकाे छ । अनुमतिबिना बनेका सटर भत्काउन डाेजर चलाइएकाे हाे ।

खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले शनिबार ती पसलमा डोजर चलाउने निर्णय गरेको हाे

महानगर प्रमुख विद्यासुन्दर शाक्यले डाेजरले अहिले लगभग भत्काइसकेकाे आजकाे न्युजलाई जानकारी दिए । मेयर शाक्यका अनुसार खु्लामञ्चको समस्या समाधानका लागि उपमेयरलाई जिम्मेवारी दिएको भए पनि उपमेयरले कुनै ठोस कदम नचालेकाले आफैँ अग्रसर भएर निर्णय गर्नुपरेको हो । उनले भने, ‘प्रत्यक्ष जनसरोकारको विषय भएको हुँदा सबैतिरबाट मेयरले नै गर्नुपर्ने भन्ने आवाज उठेको हुँदा उपमेयरलाई नपर्खिईकन मैले नै निर्णय लिएको हुँ ।’

खुलामञ्च अतिक्रमणविरूद्ध स्थानीय विभिन्न संघ संस्थाले दबाब दिँदै आएका थिए।

हिजो मात्रै कामपाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा अनुमतिबिना बनेका सटर खाली गराउने प्रतिबद्धता दिएका थिए। खुलामञ्चमा अनुमतिबिना ५० भन्दा बढी सटर बनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!