विप्लवका तीन नेतालाई ‘संविधानसभा पदक’

ByBibas chetan

१५ जेष्ठ २०७६, बुधबार ०६:३१ १५ जेष्ठ २०७६, बुधबार ०६:३१ १५ जेष्ठ २०७६, बुधबार ०६:३१

काठमाडौं : सरकारले गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १६ मा राष्ट्रपति, प्रधानमन्त्रीसँगै प्रतिबन्धित विप्लव समूहका नेता समेत गरी एक हजार एक सय नाै जनालाई ‘संविधानसभा पदक’ प्रदान गर्ने भएकाे छ ।

साे पदक पाउने सूचीकाे एक नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारी, दुई नम्बरमा प्रधानमन्त्री केपी शर्मा ओली, तीन नम्बरमा सभामुख कृष्ण महरा तथा चाैथाे नम्बरमा पूर्वराष्ट्रपति रामवरण यादवकाे नाम छ ।

सूचीमा पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई र सुशील कोइरालालगायतकाे नाम पनि छ ।

गृह मन्त्रालयका अनुसार नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मासहित तीनजना नेताले पनि संविधानसभा पदक पाउने भएका छन् । विश्वकर्मा २०६४ सालमा कालीकोट-१ बाट संविधानसभा सदस्यमा निर्वाचित हुन् भने सूचीमा रहेका अर्का नेता सन्तोषकुमार बुढामगर पनि २०६४ सालमा रोल्पा-२ बाट निर्वाचित थिए ।

यसैगरी विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेलकाे नाम पनि साे सूचीमा छ, उनी पहिलो संविधानसभामा गोरखाबाट समानुपातिक काेटाबाट सभासद बनेकी थिइन् ।

सरकारले संविधानसभा गठन तथा साे सभाबाट संविधान निर्माणमा याेगदान पुर्याउनेहरु सबैलाई एकैसाथ साे विभूषण प्रदान गर्न लागेकाे हाे । साे पदक राष्ट्रपति निवासमा एक समाराेहबीच प्रदान गरिने मन्त्रालयले जनाएकाे छ ।

सबै नामावली हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!