४३४ कैदीलाई सजाय माफी

ByBibas chetan

१५ जेष्ठ २०७६, बुधबार ०७:५८ १५ जेष्ठ २०७६, बुधबार ०७:५८ १५ जेष्ठ २०७६, बुधबार ०७:५८

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा चार सय ३४ कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा ती कैदीलाई माफी दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

असल चालचलन भई कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिने गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!