उत्प्रेरक महान भनाइहरू

ByBibas chetan

२३ जेष्ठ २०७६, बिहीबार १९:४६ २३ जेष्ठ २०७६, बिहीबार १९:४६ २३ जेष्ठ २०७६, बिहीबार १९:४६ #प्रेरक भनाई, #मनछुने भनाइ, #महान भनाइहरू, #सफलता

-‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ ।
-मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु तर उसलाई साथी बनाएर ।
-शहर र गाउँमा दुई फरक छन । शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा घरहरू टाढा टाढा हुन्छन तर मनहरू नजिक नजिक हुन्छन ।
-मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ । दुनियामा यौटा पनि समस्या नभएको मान्छे को होला ?
-एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो ।
-क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस
यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट पनि आगो बर्षियोस ।
-नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन।मृत्यु त तब हुन्छ जब पौडिन आउदैन !परिस्थिति कहिल्यै समस्या बन्दैन,समस्या त तब बन्छ जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन !
-जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन ।
-मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस् हृदय ढुङ्गा भइसकेको छैन ।
-कति सम्बन्ध तिहारमा पकाएको सेल जस्तो हुन्छन् । नयाँ हुँदा खासै टेस पर्दैन तर जति बासी भयो त्यत्तीनै मिठो ।
-मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो ।
-असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् ।
-बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।

13 thoughts on “उत्प्रेरक महान भनाइहरू”
  1. यस्ता भनाइहरू धेरै भन्दा धेरै पोस्ट गर्नु होला

  2. अति आवश्यक पर्ने बिषयहरु रहेछन् खुशी लाग्यो अझै यस्ता धेरै भन्दा धेरै पढ्न पाउ ।।

  3. निराशमय जिवनलाई जिउने हतियारहरु बिश्वका चर्चित ब्यक्तित्वहरुको भनाईहरुले आशामा परीणत गरि सफलता हासिल गर्न मद्द्त मिल्ने ज्ञान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!