बच्चालाई सानैदेखि सिकाउनुपर्ने १० कुराहरू

ByBibas chetan

२५ जेष्ठ २०७६, शनिबार १९:५८ २५ जेष्ठ २०७६, शनिबार १९:५८ २५ जेष्ठ २०७६, शनिबार १९:५८

सही र गलतको फरक छुट्याउन सिकाउनुहोस्
बच्चालाई सही र गलतको फरक छुट्याउन सिकाउनुहोस । अनि मात्र उनीहरुमा निर्णय लिने क्षमताको विकास हुन्छ । यदि बच्चा सही र गलत विच फरक छुट्याउन सक्ने हुन्छन् । उनीहरुले कहिले गलतको पनि साथ दिँदैनन् । सहीको नै साथ दिन्छ ।

आफुभन्दा ठूलो मानिससँग बोल्न सिकाउनुहोस्
सबैभन्दा पहिला बच्चालाई आफुभन्दा ठूलाको आदर गर्न सिकाउनुहोस् । उनीहरुलाई ठूलो मानिसहरुसँग बोल्दा कसरी शिष्टाचारमा रहेर कुरा गर्नुपर्छ भनेर सिकाउनुपर्छ त्यसको साथै सम्मान गर्न पनि सिकाउनुपर्छ ।

धैर्य राख्न सिकाउनुहोस्
आजकलको बच्चामा धैर्यताको कमि देखिन्छ । उनीहरुलाई हरेक कुरा चाँडो र हातमै चाहिन्छ । बच्चालाई धैर्य गर्न सिकाउनुहोस । उनीहरुलाई धैर्य र मेहनतले नै सबै काम बन्छ भनेर सिकाउनुहोस ।

सेयरिङ गर्न सिकाउनुहोस
बच्चामा सुरुबाट नै सबैकुरा अरुसँग बाड्ने बानी गर्नुपर्छ भनेर सिकाउनुपर्छ । यसबाट सम्बन्ध बलियो हुन्छ । यसले गर्दा बच्चाले अरुको भावना र आवश्यकताको पनि ख्याल राख्न सिक्छ । बच्चालाई कुनै पनि वस्तु वा सविधा सिर्फ उनको लागि मात्र होइन भनेर सिकाउनुपर्छ ।

अर्कालाई सहयोग गर्न सिकाउनुहोस
यदि कोही समस्यामा छ वा कसलाई तपाईको आवश्यक भएको हुन सक्छ । बच्चालाई यस्तो कुरा सिकाउनुहोस । जसले गर्दा उनीहरुमा अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना आउँछ । उनीहरुको भावनालाई प्रेरित गर्नुहोस । सिर्फ चिनेकाहरुको मात्र होइन, आवश्यक परेको मानिस सबैलाई सहयोग गर्नुपर्छ भन्ने कुरा सिकाउनुहोस् ।

समयको कदर गर्न सिकाउनुहोस
आफ्नो बच्चालाई समयको कदर गर्न सिकाउनुहोस । जीवनमा अगाडि बढ्नको लागि समयको कदर गर्नु एकदमै जरुरी हुन्छ । आफ्नो काम प्रति निष्ठावान बनाउनुहोस । बच्चालाई काम प्रति जहिले पनि इमान्दार बन्न सिकाउनुहोस् । बच्चालाई हरेक काम परर्फेक्ट गर्न सिकाउनुहोस् । बच्चालाई लापरवाहीसँग काम गर्ने बानीबाट बचाउनुहोस ।

थ्याङ्क्यु र सरी भन्न सिकाउनुहोस
बच्चालाई थ्याङ्क्यु र सरी भन्न सिकाउनुहोस । यसबाट बच्चाहरुमा अरु प्रति सम्मानको भावना विकसित हुन्छ ।ठूलोको कुरा मान्नु-बच्चालाई जहिले पनि ठूलाले भनेको कुरा मान्नुपर्छ भनेर सिकाउनुपर्छ । उनीहरुको दिमागमा एउटा छाप बनाइदिनुहोस कि ठूलोले केहि कुरा भनेको तिम्रो हक र हितकै लागि हो ।

प्रार्थना गर्न सिकाउनुहोस
बच्चाहरुलाई हरेक दिन प्राथना गर्ने बानी बसाल्न सिकाउनुहोस् । यसबाट बच्चामा आत्मविश्वास बढ्छ । प्रार्थना गर्दा बच्चामा सकारात्मक विचार र एकाग्रतामा सुधार आउँछ ।

इमान्दार बन्न सिकाउनुहोस –

बच्चाहरुलाई इमान्दार बन्न सिकाउनुहोस। इमान्दार बन्दा के हुन्छ भनेर सिकाउनुहोस । यदि तपाईको बच्चा इमान्दार भयो भने उसले कहिले पनि झुट बोल्दैन् र गलत काम पनि कहिले गर्नेछैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!