शिक्षक लाईसेन्सको विज्ञापन खुल्यो (विज्ञापन सहित)

ByBibas chetan

२ असार २०७६, सोमबार २१:०१ २ असार २०७६, सोमबार २१:०१ २ असार २०७६, सोमबार २१:०१

भक्तपुर – शिक्षक सेवा आयोगले शिक्षक लाईसेन्सको विज्ञापन खोलेको छ । माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरिएको आयोगले जनाएकाे छ । प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम प्राप्त सँगै अप्राप्तले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने छन् ।

माध्यमिक तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३ सय पूर्णाङ्क सहित आयोगबाट स्वीकृत भएका पाठ्यक्रमहरु मध्ये कुनै एक विषय (नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरूका लागि मात्र उक्त विज्ञापन गरिएको हो ।

यस्तै माध्यमिक तहकै अर्को विज्ञापनका लागि तालिम नभए पनि हुने व्यवस्था गरिएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, कृषि (बाली) विज्ञान र पशु विज्ञान मध्ये कुनै एक विषयमा कम्तीमा ३ सय पूर्णाङ्क सहित स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले यस परीक्षामा सहभागिता जनाउन सक्ने छन् ।

यस्तै प्राथमिक तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम वा ४ सय पूर्णाङ्कको शिक्षा विषय लिई माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेको, र निम्न माध्यमिक तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा २ सय पूर्णाङ्क सहित परीक्षा दिन चाहेको कुनै एक विषय (नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक) मा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएको हुनु पर्ने छ ।

लाईसेन्सका लागि असार २२ गते सम्म फारम भर्न सकिने छ । दोब्बर दस्तुर तिरी असार २९ गते सम्म फाराम भर्न सकिनेछ । दोब्बर दस्तुरको म्यादलाई उमेर र योग्यताको प्रयोजनको लागि गणना नगरिने आयोगले जनाएको छ । प्राविका लागि ५ सय निमाविका लागि ७ सय र माविको उल्ल्ेखित तिनै प्रकारका लागि हजार रुपैंया दरखास्त दूतुर तोकिएको छ ।

पछिल्लो पटक मावि र निमाविको लाईसेन्स २०७२ सालमा र प्राविको लाईसेन्स २०६८ सालमा खोलिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!