जीवन परिवर्तनमा सहयोगी यि किताबहरू अवस्य पढ्नु्स्

ByBibas chetan

४ असार २०७६, बुधबार २१:०१ ४ असार २०७६, बुधबार २१:०१ ४ असार २०७६, बुधबार २१:०१

१. थर्टिन थिङ्स मेन्टल्ली स्ट्रोङ पिपल डन्ट डु-एमी मोरिन

जिन्दगीमा विभिन्न किसिमका समस्या हुन्छ। र, त्यस्ता समस्यालाई कसरी सामना गर्ने भनेर पनि योजना हुन्छ होला । आफ्नो असफलतालाई सफलतामा परिणत गर्न मेहनत गर्नुहुन्छ ? अथवा, त्यस्तो समस्या भोग्नु भएको छ, जुन समाधानै गर्न नसकिने छ ? समस्याहरूको समाधानले तपाईंको जिन्दगीमा ठूलो प्रभाव पार्छ। मोरिनले आफ्नो जिन्दगीमा आइपरेका निकै ठूला समस्यालाई कसरी समाधान गरिन् भन्ने विषय पुस्तकले उठाएको छ।

२. हाउ टु स्टप वोरिङ एन्ड स्टार्ट लिभिङ-डेल कार्नेजी

कसैले तपाईलाई आइतबार बेलुकी फोन गरेर सोमबार बिहानै भेट्न बोलायो। सोमबारका दिन बिहानै ‘टर्चर च्याम्बर’ मा राखिने भन्यो भने तपाईंको मनमा के कुरा खेल्न थाल्छ ? सम्भवतः तपाईं भयंकर तनावमा पर्नुहुन्छ। तर, यस्ता समस्या समाधान गर्ने तरिका पनि छन्। समस्याको मुहान भेट्नुभयो भने समाधान गर्न गाह्रो छैन।  पुस्तकमा यस्ता धेरै सूत्रहरू छन् जसले तपाईंले अप्ठ्यारो ठानेको समस्या समाधान गर्न सहयोग पुर्‍याउँछ।

३. हाउ विल यु मिजर योर लाइफ ?-क्लेटन एम. क्रिस्टेन्सन, जेम्स अलवर्थ, करन डिलन

व्यवसायमा के कुराले खुसी राख्छ जस्तो लाग्छ तपाईंलाई ? अलिकति धेरै तलब भयो भने खुसी भइएला वा साथीहरूले प्रशंसा गरे भने पनि खुसी हुन सकिन्छ। तपाईंको जिन्दगीको बाटो के हो भन्ने सोच्नु भएको छ ? तपाईंले रोजेको करियरले तपाईंलाई खुसी नै बनाए पनि परिवार र साथीहरूले त्यसलाई रुचाएनन् भने त्यो घातक हुन सक्छ। यस्तो अवस्थामा के गर्ने भनेर तपाईं सोच्नै सक्नुहुन्न। पुस्तकले यस्ता जटिलता माथि बोल्छ।

४. फाइन्डिङ योर इलिमेन्ट-केन रोबिन्सन

आफ्नो जिन्दगीमा कहिल्यै दबाब महसुस गर्नुभएको छ ? समाजले त चलिआएको बाटोमै हिँड्न सुझाउँछ तपाईंलाई। हामी जब १८ वर्ष पूरा गर्छौं, विश्वविद्यालय जान थाल्छौं। त्यसपछि विवाह गर्ने, बच्चा जन्माउने कुरा चल्न थाल्छ। केही मान्छेमा यो लागु भए पनि धेरैलाई यस्तो प्रवृत्तिले सन्तुष्ट बनाउँदैन। सबैसँग एक प्रकारको ‘प्यासन’ हुन्छ। यदि तपाईंले आफ्नो प्यासन निर्धारण गर्नुभएको छैन भने केही समयपछि पक्कै गर्नुहोला। समाजको परम्परागत धारणाबाट अघि बढेर कसरी आफ्नो बाटो बनाउने भनेर जान्न फाइन्डिङ योर इलिमेन्ट पुस्तक महत्वपूर्ण हुन सक्छ।

५. इमोस्नल इन्टेलिजेन्स-डेनियल गोलम्यान

हामीले हाम्रो भावनालाई हटाउन सक्छौं ? ‘इमोसन’ लाई हटाएर हामीले जिन्दगीमा राम्रो गर्न सक्लाउँ ? आफ्नो भावना नियन्त्रण गरेर जिन्दगीमा राम्रा निर्णयहरू कसरी लिन सकिन्छ भन्ने पक्षलाई गोलम्यानले पुस्तकमा उठाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!