इटहरीका मेयरले मागे माफी (विज्ञप्तिसहित)

ByBibas chetan

२६ जेष्ठ २०७६, आईतवार २०:१४ २६ जेष्ठ २०७६, आईतवार २०:१४ २६ जेष्ठ २०७६, आईतवार २०:१४

पत्रकारको नाकको हड्डी भाँच्न एक करोड रुपैेयाँ छुट्याएको छु भनेर विवादमा आएका इटहरीका मेयर द्वारिकलाल चौधरीले माफी मागेका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै उनले आफू प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै भनेका छन्, ‘इटहरीका एक जना पत्रकार मित्रले फेसबुक कमेन्टको विषयलाई लिएर आक्रोशपूर्ण फोन गरेपछि भएको संवादका क्रममा आवेगजन्य परिस्थितिका कारण मेरो व्यक्त भनाइहरूबाट उहाँ र संचारजगत्‌मा पर्न गएको चोटप्रति दु:ख व्यक्त गर्दै प्रेस जगत्‌लाई आघात पर्ने गएकामा व्यक्त विचार फिर्ता लिन चाहन्छु ।’

उनले आफू २४ वर्षको उमेरमै गाविस अध्यक्ष भई दुई कार्यकालसम्म परीक्षण भएको बताउँदै आफू उद्दण्ड नभई अनुशासित व्यक्ति भएको दाबी पनि गरेका छन् ।

प्रेस जगत्‌को भूमिका संभव थिएन भन्दै चौधरीले भनेका छन्, ‘हामी भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको अभियानमा छौँ, यो अभियानमा संचारजगत्‌को रचनात्मक भूमिका अपरिहार्य छ ।’

Image may contain: text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!